Header Ads Widget

6/recent/ticker-posts

निजामती सेवा ऐन २०४९ मा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी के–कस्तो व्यवस्था छ ?

निजामती सेवा ऐन २०४९ मा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


निजामती सेवा ऐन, २०४९ को दफा ५३ अनुसार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी निम्नअनुसारको व्यवस्था छ ः

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन

– निजामती कर्मचारीको ट्रेड युनियनका सदस्यहरूले छनोट गरेका पदाधिकारीहरू रहने गरी एक आधिकारिक ट्रेड युनियन गठन गर्न सक्ने, आधिकारिक ट्रेड युनियनले जिल्लास्तर, विभागीयस्तर र राष्ट्रियस्तरमा आफ्नो पेसागत मागहरू सम्बन्धित निकायमा प्रस्तुत गरी सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्न पाउने, आधिकारिक ट्रेड युनियन गठन नभएको अवस्थामा निजामती कर्मचारीका ट्रेड युनियन सङ्घहरूले आपसमा सहमति गरी सामूहिक सौदाबाजी गर्न पाउने व्यवस्था छ ।

निजामती कर्मचारीको ट्रेड युनियनको काम, कर्तव्य र अधिकार

– कर्मचारीको हकहित संरक्षण एवं सम्वद्र्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नु ट्रेड युनियनको कर्तव्य हुने,

– ट्रेड युनियनले भेला, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका रचनात्मक एवं सिर्जनात्मक कार्य सञ्चालन गर्न सक्ने,

– ट्रेड युनियनलाई महासङ्घ गठन गर्ने, सदस्य बन्ने, अन्तर्राष्ट्रिय सङ्घ महासङ्घको सदस्य बन्ने र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार हुने ।

Post a Comment

0 Comments