नेपालको निर्यात व्यापारमा अपेक्षित वृद्धि हुन नसक्नुका मुख्य कारण के के हुन् ?
नेपालको कुल व्यापारमा निर्यात व्यापार अपेक्षित वृद्धि हुन सकेको छैन । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब भएकोमा आयात १० खर्ब, निर्यात एक खर्ब भई नौ खर्ब व्यापार घाटा भएको अवस्था छ । दैनिक करिब छ करोडको तरकारी आयात हुने गरेको पाइएको छ । निर्यातको अवस्था कमजोर भई आयात बढेर कुल गार्हस्थ्य उत्पादनको करिब ३६ प्रतिशतसम्म व्यापार घाटा पुगेको अवस्था छ । यसले नेपालको निर्यात व्यापारको आधार कमजोर बनाएको छ । नेपालको निर्यात व्यापार बढ्न नसक्नुका मुख्य कारण निम्न छन्ः
– परम्परागत सीमित वस्तु जस्तै– गलैँचा, तयारी पोसाक, वनस्पति घिउ, तेल आदि मात्र निर्यात हुनु, तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका मूल्यवान वस्तु जस्तै– पाँचऔले, यार्सागुम्बाजस्ता जडीबुटी, कृषिजन्य अरू वस्तु संस्थागत रूपमा निकासी हुन नसक्नु,
– नेपाली वस्तुको प्रमुख निर्यात बजार भारत हुनु,
– समुद्रपारसम्म निर्यात व्यापार बढ्न नसक्नु,
– विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय वस्तु उत्पादन गर्न नसक्नु,
– देशगत र वस्तुगत व्यापार विविधीकरण हुन नसक्नु,
– निर्यात व्यापारमा निजी क्षेत्रको भूमिकालाई संस्थागत रूपमा स्थापित गर्न नसकिनु,
– निकासी व्यापारमा सहयोग पुग्ने गरी व्यापार सहजीकरण एवं पूर्वाधार विकास हुन नसक्नु,
– निर्यातयोग्य वस्तुको व्यावसायिक उत्पादन र तिनको बजार प्रवद्र्धन हुन नसक्नु,
– मुलुकभित्र औद्योगिक वातावरण तयार हुन नसक्नु, आन्तरिक उत्पादनको क्षमता कमजोर रहनु ।
गोरखापत्रबाट
0 Comments