Header Ads Widget

6/recent/ticker-posts

खुला कारागार भनेको के हो ? नेपालमा यससम्बन्धी के कस्तो व्यवस्था छ ?

खुला कारागार भनेको के हो ? नेपालमा यससम्बन्धी के कस्तो व्यवस्था छ ? चर्चा गर्नुहोस् ।

कारागारभित्र रहेको कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर गई कुनै काम गर्न पाउने गरी त्यस्तो कैदी राख्नका लागि तोकिएको ठाउँलाई खुला कारागार भनिन्छ । नेपालमा कारागार ऐन, २०१९ र कारागार नियमावली, २०२० ले खुला कारागारको अवधारणा ल्याएको छ, जसअनुसार नेपाल सरकारले आवश्यकताअनुसार नेपालभित्र रहेको कुनै भवन वा स्थानलाई खुला कारागारका रूपमा तोक्न सक्ने व्यवस्था गरेको छ ।

खुला कारागारसम्बन्धी भएको व्यवस्थालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

– तीन वर्षभन्दा बढी कैद सजाय भई कम्तीमा एकतिहाइ कैदको अवधि भुक्तान गरिसकेको कैदीलाई तोकिएको अधिकारीले खुला कारागारमा बस्ने अनुमति दिन सक्ने व्यवस्था छ । खुला कारागारमा बसेको अवधिलाई कैद भुक्तान गरेसरह मानिने र खुला कारागारमा बस्ने कैदीले कानुनबमोजिम पाउने सिधा, लुगा तथा औषधि उपचार खर्च नपाउने व्यवस्था छ ।

देहायका मुद्दामा कसुरदार ठहरिएकालाई खुला कारागारमा नपठाइने व्यवस्था छ :

– मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण),

– जबरजस्ती करणी,

– कैदबाट भागे भगाएको,

– भन्सार चोरी निकासी पैठारी,

– लागूऔषधको कारोबार,

– भ्रष्टाचारसम्बन्धी,

– जासुसीसम्बन्धी,

– संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा,

– पुराताìिवक वस्तुसम्बन्धी मुद्दा,

तीन वर्षभन्दा बढी कैद सजाय भई कम्तीमा एकतिहाइ कैदको अवधि भुक्तान गरिसकेको कैदीले तोकिएको खुला कारागारमा बस्न चाहेमा अनुमतिका लागि सम्बन्धित कारागार कार्यालयमार्फत कारागार व्यवस्थापन विभागसमक्ष निवेदन दिनुपर्ने, यसबमोजिम प्राप्त हुन आएको निवेदनउपर जाँचबुझ गरी कारागार व्यवस्थापन विभागले उक्त निवेदन सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समितिसमक्ष पठाउने र सो समितिले देहायका कुरामा विचार गरी कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिन हुने नहुने सम्बन्धमा कारण र आधार खुलाई कारागार व्यवस्थापन विभागसमक्ष सिफारिस गर्ने व्यवस्था छ ः

– अपराध गर्दाको कारण र अवस्थाको सम्बन्धमा फैसलामा उल्लेख भएको बेहोरा,

– कैदमा रहँदा जेलरले प्रमाणित गरिदिएको निजको चालचलन,

– कैदीको उमेर,

– कैदीले गर्न चाहेको स्वरोजगारको प्रकृति तथा रोजगारदाताले तोकेको रोजगारसम्बन्धी सेवाका सर्त तथा सुविधा,

– खुला कारागारमा बस्ने अनुमति नदिइने कैदी

देहायको कैदीलाई खुला कारागारमा बस्ने अनुमति नदिइने व्यवस्था छ ः

– एक पटक कारागारबाट भागेको कैदी,

– कैदमा रहँदा असल चालचलन नभएको भनी अभिलेखमा जनिएको कैदी,

– मानसिक सन्तुलन ठीक नभएको भनी चिकित्सकले प्रमाणित गरी दिएको कैदी,


खुला कारागारमा बस्ने कैदीले पालना गर्नुपर्ने सर्तहरू

खुला कारागारमा बस्ने अनुमतिप्राप्त कैदीले देहायका सर्तहरू पालना गर्नुपर्ने व्यवस्था छ ः

– खुला कारागारमा बस्ने अनुमति दिँदाका बखत उल्लिखित काम मात्र गर्नुपर्ने,

– खुला कारागार क्षेत्रबाट बाहिर जाँदा वा खुला कारागारभित्र आउँदा कैदीको साथमा रहेका सामानहरू जाँच गराउनुपर्ने र निजको साथमा आएका मानिसको अभिलेख गराउनुपर्ने,

– निर्धारित समयमा मात्र खुला कारागार क्षेत्रबाट बाहिर जाने र खुला कारागार भित्र आउनुपर्ने,

– कबुलियतनामा तोकिएको स्थान र क्षेत्रबाहेकका अन्य स्थान र क्षेत्रमा बसोबास गर्न नहुने,

– खुला कारागारमा परिवारबाहेक अन्य व्यक्तिलाई स्थायी रूपमा बस्न नदिने,

– खुला कारागार अधिकृतले समय–समयमा दिएको निर्देशन पालन गर्नुपर्ने ।

– कुनै कैदीले उपरोक्त सर्तहरू पालना गरेको नपाइएमा कारागार व्यवस्थापन विभागले त्यस्तो कैदीलाई खुला कारागारबाट फिर्ता गर्ने र यसरी फिर्ता गरिएको कैदीले कैदको बाँकी अवधि कारागारमा भुक्तान गर्नुपर्ने र निजलाई सोही कैदबापत पुनः खुला कारागारमा नपठाइने व्यवस्था छ ।

गोरखापत्रबाट 

Post a Comment

0 Comments