Header Ads Widget

6/recent/ticker-posts

स्थानीय तहको व्यवस्थापिकाको गठन र कार्यहरूबारे उल्लेख गर्नुहोस् ।

स्थानीय तहको व्यवस्थापिकाको गठन र कार्यहरूबारे उल्लेख गर्नुहोस् ।


नेपालको संविधानको धारा २२१ ले स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहने व्यवस्था गरेको छ । त्यसकारण गाउँ सभा र नगर सभालाई स्थानीय व्यवस्थापिका भन्न सकिन्छ । त्यसैगरी संविधानको धारा २२२ र धारा २२३ मा गाउँ सभा र नगर सभाको गठनसम्बन्धी व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

गाउँ सभा र नगर सभाको गठन

– क. गाउँ÷नगर कार्यपालिकाको अध्यक्ष÷प्रमुख – अध्यक्ष

– ख. कार्यपालिकाको उपाध्यक्ष÷उपप्रमुख – उपाध्यक्ष

– ग. प्रत्येक वडाका अध्यक्ष – सदस्य

– घ. प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य – सदस्य

– ङ. गाउँ÷नगर सभाले दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुई जना सदस्य – सदस्य


स्थानीय व्यवस्थापिकाले गर्ने कार्यहरू

– स्थानीय तहलाई तोकिएका कार्यहरूको विषयमा कानुन बनाउने स्थानीय व्यवस्थापिकाको प्रमुख कार्य हो । यसका कार्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

– स्थानीय करका दरहरू तोक्ने,

– स्थानीय कानुन निर्माण गर्ने,

– स्थानीय बजेट पारित गर्ने,

– स्थानीय नीति तथा कार्यक्रमको समीक्षा गर्ने,

– स्थानीय आय र व्ययमाथि छलफल गर्ने, स्वीकृत गर्ने,

– स्थानीय कार्यपालिका र सोअन्तर्गतका निकायलाई नियन्त्रण गर्ने, निर्देशन दिने ।

गोरखापत्रबाट

Post a Comment

0 Comments