Header Ads Widget

6/recent/ticker-posts

केन्द्रीय अनुसन्धान ब्युरोले परिचालन गर्ने ‘सूत्र’ भनेको के हो ? यस्तो सूत्र परिचालनसम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

केन्द्रीय अनुसन्धान ब्युरोले परिचालन गर्ने ‘सूत्र’ भनेको के हो ? यस्तो सूत्र परिचालनसम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने, नेपाल सरकारले निर्देशकका रूपमा कामकाज गर्न तोकेको नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक प्रशासकीय प्रमुखका रूपमा रहने केन्द्रीय अनुसन्धान ब्युरोले अपराध अनुसन्धानसम्बन्धी सूचना सङ्कलनका लागि गोप्य रूपमा परिचालन गरेको व्यक्तिलाई सूत्र भनिन्छ । सर्वसाधारण, पूर्वअपराधी, विभिन्न पेसामा संलग्न स्वदेशी वा विदेशी व्यक्ति सूत्रका रूपमा परिचालन हुन सक्ने व्यवस्था छ । केन्द्रीय अनुसन्धान ब्युरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७० ले सूत्र परिचालनसम्बन्धी देहायबमोजिम व्यवस्था गरेको छ ः

– अपराधको सूचना प्राप्त गर्न तथा अपराधको अनुसन्धान तहकिकातको कार्यमा सहयोग पुग्ने सूचना सङ्कलनका लागि केन्द्रीय अनुसन्धान ब्युरोले गोप्य रूपमा सूत्र परिचालन गर्न सक्ने,

– सूत्र, सूत्रको नियुक्ति तथा सूत्र परिचालनसम्बन्धी विवरण गोप्य रहने,


सूत्र परिचालन समिति

– सूत्रहरूको नियुक्ति, परिचालन र बर्खासीसम्बन्धी कार्य गर्नका लागि देहायबमोजिमको सूत्र परिचालन समिति रहने व्यवस्था छ ः

– (क) केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशक –अध्यक्ष

– (ख) केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत वरिष्ठतम् प्रहरी वरिष्ठ उपरीक्षक – सदस्य

– (ग) केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत बरिष्ठतम् प्रहरी उपरीक्षक – सदस्य–सचिव

– सूत्र परिचालन समितिले सूत्रको नियुक्ति, परिचालन तथा बर्खासीसम्बन्धी कार्यविधि आफैँ तय गर्ने,


सूत्रको वर्गीकरण

(क) स्थायी सूत्र :

– नियमित रूपमा मासिक पारिश्रमिक प्राप्त गर्ने गरी स्थायी सूत्रको नियुक्ति गर्न सकिने, स्थायी सूत्रहरूको कामको उपादेयता तथा दक्षताका आधारमा विशेष सूत्र र सामान्य सूत्रमा वर्गीकरण गरिने,

(ख) अस्थायी सूत्र

– नियमित रूपमा पारिश्रमिक नपाउने तर काम विशेषका लागि एकमुस्ट पारिश्रमिक पाउने वा नपाउने गरी अस्थायी सूत्रको नियुक्ति गर्न सकिने,

– केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तहकिकातको कार्यमा परिचालित सूत्रहरूको कामको स्तर, कामको क्षेत्र, सूत्रबाट हुन सक्ने जोखिम वा कमजोरी, सम्पर्क ठेगानालगायतका विषयमा इन्टेलिजेन्स प्रमुख र निर्देशकले गोप्य अभिलेख राख्नुपर्ने,

– सूत्र परिचालनसम्बन्धी खर्चको सम्पूर्ण विवरण अद्यावधिक राख्नुपर्ने,

– नियुक्त गरिएको सूत्र अनुपयोगी ठहरिएमा, निजको व्यावसायिकता र इमानदारितामा शङ्का उत्पन्न भएमा सूत्र परिचालन समितिले निजलाई जुनसुकै बखत पनि सूत्रबाट हटाउन सक्ने ।

गोरखापत्रबाट

Post a Comment

0 Comments