Header Ads Widget

6/recent/ticker-posts

नेपालको संविधानमा उल्लेख गरिएका विकाससम्बन्धी नीतिहरू के के छन् ?

नेपालको संविधानमा उल्लेख गरिएका विकाससम्बन्धी नीतिहरू के के छन् ? लेख्नुहोस् ।


नेपालको संविधानको धारा ५१ (च) मा विकाससम्बन्धी नीतिहरू छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

– समावेशी आर्थिक विकासका लागि क्षेत्रीय विकासको योजना सञ्चालन गर्ने,

– दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,

– पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिने,

– सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,

– विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,

– वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्नेे,

– वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने,

– राष्ट्रिय आवश्यकताअनुसार सूचना प्रविधिको विकास र विस्तार गर्ने र यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने,

– राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने,

– विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिने र आम जनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्नेे,

– एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने, नागरिकका सबै प्रकारका सूचना र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,

– जनसाङ्ख्यिक तथ्याङ्कलाई अद्यावधिक गर्ने, राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने ।

गोरखापत्रबाट

Post a Comment

0 Comments