Header Ads Widget

6/recent/ticker-posts

नेपालमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसक्नुका कारण के के हुन् ? लेख्नुहोस् ।

नेपालमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसक्नुका कारण के के हुन् ? लेख्नुहोस् ।


सार्वजनिक स्रोत, साधनको व्यक्तिगत कार्यमा दुरुपयोग गर्ने कार्य भ्रष्टाचार हो । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि संवैधानिक, कानुनी र संस्थागत व्यवस्था गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार कसुरको अनुसन्धान, तहकिकात तथा मुद्दा दायरी गर्दै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध भई लागेको छ । राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार हुने क्षेत्रमा नियमित निगरानी तथा सूचना सङ्कलन गरेर आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउँदै सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, चुस्त, छिटोछरितो बनाउन विभिन्न प्रयास गर्दै आएका छन् र पनि नेपालमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन सकेको छैन । यसका कारण निम्न छन् ः

– राजनीतिक अस्थिरताले गर्दा सरकार अस्थिर हुनु,

– भ्रष्टाचार नियन्त्रण कार्यमा राजनीतिक दलहरूमा उच्च प्रतिबद्धताको अभाव हुनु,

– निजामती, सुरक्षा निकाय, अदालत, सार्वजनिक संस्थान, सामुदायिक विद्यालय, अस्पताललगायत सार्वजनिक प्रशासनबाट उपलब्ध हुने सबै सेवा सुविधा सरल र पारदर्शी हुन नसक्नु,

– ऐन नियम कानुनको पूर्ण पालना एवं कार्यान्वयनको अभाव हुनु,

– भ्रष्टाचारलाई सामाजिक अपराधका रूपमा स्थापित गर्न नसक्नु,

– एकै प्रकृतिका भ्रष्टाचारको निरन्तर पुनरावृत्ति हुनु,

– सूचना प्रविधिका कारण भ्रष्टाचार एवं आर्थिक अपराधका कार्यले नयाँ नयाँ स्वरूप लिँदै जानु,

– भ्रष्टाचारको उजुरी दिने व्यक्ति, साक्षी बस्ने व्यक्ति तथा अभियोजन गर्ने कर्मचारीको उचित संरक्षण हुन नसक्नु,

– सरकारी कार्यप्रणाली स्वच्छ, सरल र पारदर्शी नहुनु,

– नीतिगत भ्रष्टाचारलाई अनुसन्धान गर्ने संयन्त्र नहुनु,

– भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायको संस्थागत क्षमता सबलीकरण हुन नसक्नु,

– भ्रष्टाचार नियन्त्रण कार्यमा जनचेतना अभिवृद्धिका कार्यक्रम प्रभावकारी हुन नसक्नु,

– भ्रष्टाचारको अनुसन्धान र तहकिकातको कार्य सुदृढ हुन नसक्नु,

– भ्रष्टाचारजन्य कार्यको अदालती मुद्दा मामिला निर्णय छिटोछरितो हुन नसक्नु,

– भ्रष्टाचारजन्य कार्यमा हुने दण्ड सजाय कम हुनु,

– भ्रष्टाचारजन्य कार्यविरुद्धमा आम नागरिकलाई सहभागी गराउन नसक्नु,

– सूचना तथा सञ्चार जगत्बाट भ्रष्टाचारजन्य कार्यका सत्यतथ्य सूचना समयमै बाहिर आउन नसक्नु ।


गोरखापत्रबाट

Post a Comment

0 Comments