Header Ads Widget

6/recent/ticker-posts

लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने तत्व के के हुन् ? लेख्नुहोस् ।

लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने तत्व के के हुन् ? लेख्नुहोस् ।


लगानी भनेको पुँजी वृद्धि तथा विस्तार गर्ने कार्य हो । यसमा श्रम, सीप, प्रविधिको पनि प्रयोग तथा विस्तार हुन्छ । लगानी स्वदेशी तथा विदेशी दुवै हुने भएकाले दुवै लगानीका लागि मुलुकमा समष्टिगत आर्थिक स्थायित्व, सुरक्षा तथा सुशासनलगायतका तìवको आवश्यकता पर्छ । यसले लगानीमैत्री वातावरण तयार गर्नमा मद्दत गर्छ । समग्रमा लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने तìवहरू निम्न छन् ः

– स्थिर राजनीतिक वातावरण, शान्ति सुरक्षा र स्थिर सरकार,

– कर नीति तथा कर कानुनमा स्थायित्व,

– सरल र पारदर्शी सेवा प्रवाह,

– करका दर, ब्याज दर, मुद्रास्फीति दर तथा विदेशी विनिमय दरमा स्थिरता,

– सीपयुक्त श्रमशक्तिको उपलब्धता,

– स्वदेशी तथा विदेशी बजारको उपलब्धता र पहुँचको अवस्था,

– सरल र पारदर्शी कर्जा प्रवाहका लागि सबल र सक्षम बैङ्क तथा वित्तीय संस्था,

– समुद्रसम्मको दूरीको अवस्था,

– उद्योग, व्यापार, पर्यटन, ऊर्जालगायतका लगानीका क्षेत्रमा दिइएको सुविधा तथा सहुलियत,

– मुलुकमा भौतिक पूर्वाधार विकासको अवस्था,

– कच्चा पदार्थको उपलब्धता आदि ।


गोरखापत्रबाट

Post a Comment

0 Comments