Header Ads Widget

6/recent/ticker-posts

आन्तरिक नियन्त्रण प्रणालीका तत्व के के हुन् ?

आन्तरिक नियन्त्रण प्रणालीका तत्व के के हुन् ? लेख्नुहोस् ।


कार्यालयको कार्यलाई मितव्ययिता, पारदर्शिता एवं प्रभावकारिता ल्याउनका लागि विभिन्न पदमा कार्य विभाजन गर्ने र एकले गरेको कार्यले अर्कोको कार्यमा सन्तुलन हुने गरी एकआपसमा सन्तुलन र नियन्त्रणको प्रणाली स्थापना गरिएको हुन्छ । यो कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली हो । कार्यालयको कार्यप्रणालीमा स्वच्छता ल्याई अनियमितता हटाउँदै सुशासन कायम गर्ने उद्देश्य लिइएको यसको मूलभूत तìव कार्य विभाजन हो । यसका तत्वहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

– कार्य विभाजन,

– आन्तरिक जाँच,

– कार्यसम्पादन सम्झौता,

– कार्यसम्पादन मूल्याङ्कन,

– कार्यहरूको प्रतिवेदन लिने,

– अनुगमन गर्ने,

– निरीक्षण गर्ने,

– निर्देशन दिने,

– आन्तरिक लेखापरीक्षण गर्ने ।


गोरखापत्रबाट

Post a Comment

0 Comments