Header Ads Widget

6/recent/ticker-posts

वित्त नीति र मौद्रिक नीतिबीचको फरक

वित्त नीति र मौद्रिक नीतिबीच के फरक छ ? लेख्नुहोस् ।


> वित्त नीति र मौद्रिक नीतिबीचको फरकलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

वित्त नीति

– कर, सरकारी खर्च तथा ऋणको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई अनुकूल प्रभाव पार्ने नीति वित्त नीति हो ।

– यो सरकारी निकाय अर्थ मन्त्रालयले तर्जुमा गर्दछ ।

– वित्त नीति आर्थिक वर्ष आरम्भ हुनुभन्दा अगाडि जारी हुन्छ ।

– वित्त नीतिको कार्य क्षेत्र र प्रभाव बृहत् हुन्छ । यसले आर्थिक क्रियाकलापका सबै अङ्ग प्रत्यङ्गलाई प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पार्दछ ।

– वित्त नीति राजनीतिक र सामाजिक जगमा उभिएको हुन्छ । यसको विधि, प्रक्रिया तथा प्रभावलाई सर्वसाधारण जनता सबैले चासो राख्दछन् ।

– आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्यायमध्ये वित्त नीतिले आर्थिक वृद्धिलाई महत्व दिएको हुन्छ ।

– यसको निकट सम्बन्ध सरकारले तर्जुमा गर्ने बजेटसँग हुन्छ ।


मौद्रिक नीति

– मूल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न तर्जुमा गरिएको नीति मौद्रिक नीति हो ।

– यो ऐनद्वारा गठित स्वायत्त रूपमा रहेको केन्द्रीय बैङ्कले तर्जुमा गर्दछ ।

– वित्त नीति जारी भएपश्चात् मौद्रिक नीति जारी हुन्छ ।

– मौद्रिक नीतिको कार्य क्षेत्र र प्रभाव वित्त नीतिको तुलनामा सानो हुन्छ । यसले मुद्रा र बैङ्किङ क्षेत्रमा बढी मात्रामा प्रभाव पार्दछ ।

– मौद्रिक नीति व्यावसायिक एवं प्राज्ञिक जगमा उभिएको हुन्छ । यसको विधि, प्रक्रिया तथा प्रभावलाई सर्वसाधारण जनता सबैले त्यति धेरै चासो राख्दैनन् ।

– आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्यायमध्ये मौद्रिक नीतिले आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेको हुन्छ ।

– यसको निकट सम्बन्ध मुद्रा, सोको प्रसारण र सङ्कुचनसँग हुन्छ ।


साभारः गोरखापत्र

Post a Comment

0 Comments