Header Ads Widget

6/recent/ticker-posts

सत्रौं दीक्षान्त समारोहमा भाग लिन अनलाइन फाराम भर्ने सम्बन्धी पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय‚ परीक्षा नियन्त्रण कार्यालय परीक्षा नियन्त्रण कार्यालयको सत्रौं दीक्षान्त समारोहमा भाग लिन अनलाइन फाराम भर्ने सम्बन्धी सूचना


प्रकाशित मितिः २०७८ प्रकाशित मितिः २०७८/०९/२६


मिति २०७८ साल फाल्गुण ०८ गते (February 20, 2022) मा आयोजना हुन गइरहेको पोखरा विश्वविद्यालयको १७ औं (सत्रौं) दीक्षान्त समारोहमा भाग लिन २०७८ साल माघ ०७ गते (21th January, 2022) सम्ममा स्नातक, स्नातकोत्तर, एम.फिल. तथा विद्यावारिधी तह उत्तीर्ण गरी ट्रान्सक्रिप्टका लागि आवेदन गरिसकेका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको आधिकारिक वेवसाइट मार्फत अनलाइन फाराम भर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

आवेदन फाराम भर्ने विधि तथा आवश्यक कागजातहरुः

१. पोखरा विश्वविद्यालयको Website, www.pu.edu.np or www.pouexam.edu.np मा राखिएको अनलाइन आवेदन फाराम, आवेदक स्वयंले भरी online बाट नै आवेदन फाराम submit गर्नुपर्नेछ । नेपाली नाम Aalekh Font मा Type गर्नुपर्नेछ ।

२. मिति 3rd April, 2019 भन्दा पछि Transcript Issue भएका विद्यार्थीहरुले मात्र यस दीक्षान्त समारोहमा सम्मिलित हुन पाउनेछन् ।

३. विद्यार्थीले फाराम भरे अनुसार नै Convocation Certificate तयार हुने हुँदा online फाराम भर्दा नेपाली नाम नागरिकता अनुसार र English नाम Transcript अनुसार भर्नुपर्नेछ । विवरण गल्ती भरी Certificate Mistakeहुन गएमा विद्यार्थी स्वंय जवाफदेही हुनुपर्नेछ ।

४. Website मा Online फाराम मिति २०७८/१०/०१ गतेदेखि मिति २०७८/१०/१५ गतेसम्म मात्र उपलब्ध हुनेछ । उक्त अवधिभित्र कुनै पनि समयमा फाराम भर्न सकिनेछ ।

५. Online फाराम भर्दा MRP साईजको फोटो, नागरिकताको प्रमाणपत्र र Transcript Scan गरी Upload गर्नुपर्नेछ । Scan गर्दा सबै Document Coloured हुनुपर्नेछ ।

६. Online फाराम भरिसकेपछि आवेदकले फाराम भर्दा भरेको e-mail Address मा Token Number प्राप्त गर्नेछ र उक्त Token Number प्रयोग गरेर विद्यार्थीले गाउन लिन तथा फिर्ता गर्न आउँदा प्रयोग Slip डाउनलोड गर्न सक्नेछ । विद्यार्थीले दीक्षान्त पोशाक लिन र फिर्ता गर्न आउँदा उक्त Slip अनिवार्य रुपमा ल्याई परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्नेछ ।

७. दीक्षान्त समारोहमा सम्मिलित हुने विद्यार्थीले दीक्षान्त तथा प्रमाणपत्र शुल्क वापत रु.४,०००/– र दीक्षान्त पोशाक धरौटी वापत रु.२०००/– गरी जम्मा ६,०००/– मात्र P.U. EXAM CONTROL OFFICE को नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, पोखरा शखाको खाता नं. ०११०५०२००११९३८ वा कामना सेवा विकास बैंक लिमिटेड, लेखनाथ शाखामा रहेको खाता नं. ०१२००३०००२७३१७०००००१ मा जम्मा गर्नुपर्नेछ ।

८. अप्रिल ३, २०१९ पछि Transcript लिई रु.४०००/– शुल्क बुझाई Degree Certificate लिईसकेकाहरुको हकमा दीक्षान्त पोशाक (गाउन, स्कार्फ ह्याट) धरौटी वापतको रु.२०००/– मात्र बुझाउनुपर्नेछ ।

९. बैंकबाट प्राप्त गरेको Transaction ID र बैंक भौचरको scanned copy upload गर्नुपर्नेछ । विद्यार्थीले दीक्षान्त पोशाक लिन आउँदा सक्कल बैंक भौचर अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

१०. दीक्षान्त पोशाक २०७८ साल फाल्गुण ६ र ७ गतेका दिन बिहान १०ः०० बजेदेखि बेलुका ४ः३० बजेसम्म वितरण हुनेछ ।

९. दीक्षान्त पोशाक फिर्ता २०७८ साल फाल्गुण ०९ गते बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म परीक्षा नियन्त्रण कार्यालय, पोखरा–३०, ढुङ्गेपाटन, कास्कीबाट हुनेछ ।

१०. दीक्षान्त समारोहका दिनमा दीक्षान्त पोशाक वितरण गर्ने तथा दीक्षान्त पोशाक फिर्ता गर्ने कार्य हुने छैन ।

११. अन्य विस्तृत जानकारीका लागि तथा Online फाराम भर्दा केही समस्या भएमा पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, पोखरा–३०, ढुङ्गेपाटन, कास्कीमा प्रत्यक्ष तथा फोन नं. ०६१–५०४१५८, ०६१–५०४१४६ मा सम्पर्क राख्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालय

Post a Comment

0 Comments