Header Ads Widget

6/recent/ticker-posts

नेपालको हालको बैंकिङ अवस्था (कार्तिक २०७८ सम्म)

नेपालको हालको बैंकिङ अवस्थाबारे चर्चा गर्नुहोस् । [ १० अंक ]


उत्तरः

नेपालको आधुनिक बैंकिङ इतिहास वि.सं. १९९४ मा नेपाल बैंकको स्थापना भएपछि सुरू भएको मानिन्छ । वर्तमानमा बैंक तथा वित्तीय संस्था (BFIs) हरूको नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंक (NRB) रहेको छ । NRB ले प्रकाशित गरेको मासिक तथ्यांक (कार्तिक, २०७८) अनुसार BFIs को वर्तमान अवस्था देहाय बमोजिम रहेको छः 


१. २०७८ कार्तिक मसान्तसम्म २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कूल १२९ BFIs का कूल ११‚१२७ शाखाबाट वित्तीय सेवा दिइरहेका छन् ।


२. देशभरका ७५३ स्थानीय निकायहरूमध्ये ७५० स्थानिय निकायमा वाणिज्य बैंकहरूको उपस्थिति पुगेको छ । 


३. त्यस्तै BFIs मा ४८ खर्ब रूपैयाँभन्दा धेरै निक्षेप संकलन भएको छ र करिब साढे ४५ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । 


४. BFIs को निक्षेप र कर्जा कूल ग्राहस्थ उत्पादनको अनुपातमा क्रमशः करिब ११२ प्रतिशत र १०६ प्रतिशत रहेको छ । 


५. BFIs को सिडी अनुपात (CD Ratio) करिब ८९.९० प्रतिशत रहेको छ र निष्कृय कर्जा लगानी १.३७ प्रतिशत रहेको छ । 


६. विपन्न कर्जा लगानी ८.३९ प्रतिशत रहेको छ । 


७. BFIs को तरलता अनुपात करिब २२.५५ प्रतिशत र पूँजी पर्याप्तता करिब १३.५३ प्रतिशत रहेको छ । 


८. वाणिज्य बैंकहरूको निक्षेपको भारित औषत ब्याजदर ५.८० प्रतिशत र कर्जाको भारित औषत ब्याजदर ९.०२ प्रतिशत रहेको छ । 


९. त्यस्तै, समग्र BFIs मा निक्षेप खाता ३ करोड ९४ लाखभन्दा धेरै र कर्जा खाता १७ लाखभन्दा धेरै रहेको छ । 


१०. आधुनिक बैंकिङ प्रविधि तर्फ मोवाइल बैंकिङ ग्राहकहरू १ करोड ५१ लाखभन्दा धेरै रहेका छन् भने डेविट कार्ड ९३ लाखभन्दा धेरै जारी गरिएको छ । 


निष्कर्षमा, BFIs ले आफ्नो सेवा सरल बनाउँदै तथा विस्तार गर्दै दीगो अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । 


(Click Here for Updated data)

Post a Comment

0 Comments