Header Ads Widget

6/recent/ticker-posts

हर्कबहादुर | कविता | दिनेश अधिकारी | सबैको नेपाली | कक्षा ११/१२

समसामयिक यथार्थलाइ कविताको मूल विषय बनाउने कवी दिनेश अधिकारी आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवी र गीतकार हुन् । मानवता, स्वतन्त्रता र राष्ट्रियता कविताका विषय बनाउने कवी अधिकारीका कविता कृतिमा युगबोध र सचेतता पाइन्छ । वर्तमान मानव जीवनका समस्या, जटिलता संघर्ष, पिडा, आक्रोश, असन्तुस्टी र विशंगती कवी अधिकारीका कविताका महत्वपुर्ण पक्ष्य हुन्। आशlवादी चिन्तन, समाज सुधारको आग्रह, सुखी र सम्पन्न जीवनको आवश्यकता, मानवीय मुल्यको स्थापना गर्ने संदेश आदि कवी आदिकरिका काव्य चिनारी हुन् ।


दरिद्रता, आर्थिक विषमता, दयनीय आवस्था, अभावग्रस्त जीवन शैली, प्रस्तुत गरिएको कविता हो ‘हर्क बहादुर’ । गाँस, बाँस र कपासको समस्याले आक्रान्त बनेको आम नेपालीको प्रतिनिधि पत्र हर्क बहादुर लाइ दुख, वेदना र पीडाको पुन्जको रुपमा कवितामा प्रस्तुत गरिएको छ । शोषित, पिडित र न्युनतम आवस्यकता पनि पुरा नभएका नेपाली जनताका मर्मस्पर्शी जीवन पद्धती यस कविताको विषयवस्तु हो । कठोर परिश्रम गर्ने, श्रमजीवी,नेपालीले दिन रात रगत सरह पसिना बगाउंदा पनि जीवन कस्टकर भएको आम नेपालीका विशेषता कवितामा व्यक्त भएको पाइन्छ । काले, चाउरे, भरिया, दाउरे, घाँसे, खेतालो, मजदुर, आदि नामले सम्बोधित हर्क बहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान त्यस तर्फ नगएकोमा दुखित हुँदै कविले व्यंग्य प्रस्तुत गरेका छन् ।l सोझा र सरल नेपालीलाई मीठा भाषणले अल्झ्याएर निम्न वर्गीय नेपालीका, धड्लाई कुल्चिएर अगाडी बढेको हाम्रो सामाजिक, राजनैतिक विशंगत परिवेशले गरिब जनताका जीवनमा कुनै परिवर्तन नआएको यथार्थता कवितामा पाइन्छ । गरिवी, अभावग्रस्त विवस्ताको कारणले नेपाली जनता विश्व समय सापेक्ष हुन नसकेको वास्तविक चित्र कवितामा भेटिन्छ । निरन्तर रुपमा काममा घोटियिरहेका गाँस, बाँस र कपाशबाट वान्चीत नेपाली जनतालाई झन्डा, भाषण, समारोह होइन, लुगा, अन्न दिनुपर्ने विचार कवितामा पाइन्छ ।


वर्गीय असमानता, विभेद, आर्थिक विषमता, आशिक्षा जस्ता जटिलताले नेपालीका जीवन कस्टकर भएको र नेपालीको वेदना र दुखको आन्त्य गारिनुपरने विचार कवितामा पाइन्छ । रास्त्रियता, नागरिकता, स्वतन्त्रता र जातियता जस्ता नाराले भोको पेट र नाङ्गो शरीर अनि घरबार बिहिन व्यक्तिलाई निरर्थक हुने विचार कविताको सारतत्व हो । श्रम, सीप र न्यायको पक्षमा संदेश दियिएको यस कवितामा मान्छेको मूल्य रक्षा गरिनुपर्ने आवश्यकता र मान्छेलाई वस्तुसँग तुलना गर्न नहुने विचार मूल भावको रुपमा पाइन्छ । राष्टोन्नतीका लागि जनता सुखी, सम्पन्न र सक्षम हुनुपर्ने मूल विचारलाई प्रस्तुत गरिएको यस कवितामा जसले मिहिनेत गर्छ उसले फल पाउनुपर्छ भन्ने वास्तविक सकारात्मक सोचलाई अघि सारिएको छ । आस्वाशन, भाषण र नारा आजका नेपालीका आवश्यकता नभई अवशर र शlधनको खोजि र खाँचो परेको विचार पनि यस कविताको सार तत्व हो । कर्मठ, क्रियाशील, इमान्दार, स्वभिमानी, मिहिनेती आम नेपाली नै देसका चिनारी भएकाले दरिद्रता, असमानता, अभाव र भेदभावको अन्त्य हुनुपर्ने विचारलाइ मूल रुपमा प्रस्तुत गर्दै कवितामा मानवीय मुल्यको खोजि, कोरा आदर्शको आन्त्य, बाध्यता र विवास्ताको पूर्णविराम हुनुपर्ने भाव पाइन्छ ।


कवि परिचय:

दिनेश अधिकारी (जन्म: वि. सं २०१६) नेपाली साहित्यका प्रशिद्व कवि तथा गीतकार हुन् । उनका अन्तरका छिटाहरु, धर्तिको गीत, इन्द्रजात्र, आतिरिक्त अभिलेख, आदिम आवाज, मान र मोडहरु, सिमान्त सपना आदि कृतिहरु प्रकाशित छन् । उनी समाजिक समस्यालाई विषय बनाई घतलाग्दा कविता रच्ने कवि हुन् । उनका सिर्जनामा मनावतावाद र राष्ट्रयताको भावधारा पनि पाइन्छ । ' हर्कबहादुर ' हाम्रो राष्ट्रय समस्यालाई विषय बनाई लेखिएको चर्चित कविता हो ।

प्रश्नोत्तर:

पठन बोध: तलका कवितांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :


(क)

भोक यदि देश हो भने

हर्कबहदुरभन्दा सुकिलो अर्को देश हुन सक्तैन

शोक यदि देश हो भने

हर्कबहादुरभन्दा ठुलो अर्को देश हुन सक्तैन ।


अ) "भोक यदि देश हो भने " भन्नुको तात्पर्य के हो ?

उत्तर: देश नागरिकहरुको समूहले बनेको हुन्छ । हर्कबहादुर देशको नागरिक हो । नागरिक बिना देश हुन सक्दैन भन्नु हो ।


आ) हर्कबहादुर किन सुकिलो छ ?

उत्तर: हर्कबहादुर आफ्नै कमाइ खान्छ । ऊ इमान्दार छ, घुस खाँदैन त्यसैले हर्कबहादुर सुकिलो छ ।


इ) शोकलाई किन देश भनेको हो ?

उत्तर: नागरिकको भलो नहुने देशमा शोक हुन्छ । हर्कबहादुरको देशमा अनेक प्रकारका शोक छन् । त्यसैले शोकलाई देश भनिएको हो ।


ई) यस कवितांशको मूल भाव के हो ?

उत्तर: हरेक देशवासीमा इमान्दारिपन छ । तर भोक, शोषण, गरीबी, अन्याय आदिले देशलाई गाँजेको छ । यसको अभिव्यक्ति गराउनु नै यस कवितांशको मूल भाव हो ।


(ख)

उसलाई थाहा छ -

लुगा फाट्छ , छाला फट्तैन

छाला , साहु काढेर किन्न पनि पाईन्न

ऊ नाङ्गो आङ्ले भारि बोक्छ

ऊ नाङ्गो आङ्ले धर्ति जोत्छ

हो, गाउँका सभासमारोहमा जाँदा

हर्कबहादुर -

टिठलाग्दा आँखाले

घरी झन्डा र घरी आफ्नो आङ हेर्छ

घरी आफ्नो आङ र घरी झन्डा हेर्छ

सायद हर्कबहादुर

छातीभित्र अट्टहास पनि हँस्छ


अ) "लुगा फाट्छ , छाला फट्तैन" भन्नुको तात्पर्य के हो ?

उत्तर: लुगा बदलिने बाह्य पदार्थ हो जुन समय–काल अनुसार फाट्छ तर छाला प्रकृति प्रदान अङ्ग हो, जुन व्यक्ति रहुन्जेल रहिरहन्छ फाट्दैन भन्नु हो ।


आ) हर्कबहदुरले घरी झन्डा र घरी आफ्नो आङ हेर्नु को कारण के हो ?

उत्तर: हर्कबहादुर गरीब र नाङ्गो छ । ऊ भन्डा देखेर लोभिन्छ । त्यसले घरी झण्डा त घरी आङ हेर्छ ।

 

इ) हर्कबहादुर किन अट्टहास हास्छ?

उत्तर: यस कवितांशमा श्रमिकहरु गरीब नाँङ्गा र दयनीय अवस्थामा छन् भनी देखाइएको छ ।


ई) यस कवितांशमा श्रमिक जीवनको कस्तो चित्र प्रस्तुत छ ?

उत्तर: राज्यको बेवकुफी अवस्था देखेर हर्कबहादुर अट्टहास हाँस्छ । किनकी जनता भोाका र नाङ्गा छन् तर सभा समारोहमा झण्डा टाँगिन्छ ।


उ) यस कवितांशको मूल भाव के हो ?

उत्तर: यस कवितांशमा गरीबको चित्रण गरिएको छ ।जो गरीब छन्, उनीहरु भोका, नाङ्गा र दयनीय छन् तर देशमा तडकभडक यथावत छ । भन्नु यसको मूल भाव हो ।


अभ्यास:

१. तलका प्रश्नहरुको सङ्क्षिप्त उत्तर दिनुहोस :


क) हर्कबहादुरलाई उसको सक्कली नामले किन सम्बोधन गरिँदैन ?

उत्तर: यस हर्क बहादुर कतिाका रचनाकार दिनेश अधिकारी हुन् । उनले गरीबको प्रतिनिधित्व गरेक ाछन् । हर्कबहादुरको वास्तविक नाम भए पनि कसैले उसलाई हर्कबहादुर भनेर बोलाउँदैन । उसले कसैले दाउरे, कसैले चाउरे त कसैले काले भनेर सम्बोधन गर्छन् । उसलाई यस्ता उपनामहरुबाट सम्बोधन गरिनु उसको असाय गरीबको कारण हो । हर्कबहादुर गरीब र नाङ्गो छ । उसलाई बोलाउँदा उपनामको प्रयोग गरिन्छ । अरुबाटउसको सक्कली नाम थाहा पाउन सकिदैन ।


ख) हर्कबहादुरलाई अर्जुन र एकलब्यसँग तुलना गर्नुको कारण के हो ?

उत्तर: अर्जुन महाभारतका पौरवी र विजेता पात्रका रुपमा प्रसिद्ध छन् । त्यस्तै हर्कबहादुर पनि पौरखी छ । ऊ बिहान झिसमिसेमा गोरु नार्न बाँझो बारीमा पुग्छ । ऊ कोदालो लिएर खन्न तम्सन्छ । ऊ निकै पुरुषार्थी छ । दुरदर्शी छ । देशको तिरस्कार गरेर अट्टहास हाँस्छ । ऊ अर्जुन र एलब्य जस्तै विना गुरु धनुवाण चलाउन सिकेको पात्र हो । हर्कबहादुर अर्जुन र एकलब्य जस्तै कला पारखी पात्रका रुपमा यस कवितांशमा आएको छ ।

 

ग ) हर्कबहादुर हाम्रो समाजमा सबैतिर किन भेटिन्छ ?

उत्तर: हर्कबहादुर हरिऔनको बासिन्दा मात्र नभएर समग्र यो देश नेपालको नागरिक हो । ऊ देशवासीको प्रतिक बनेको छ । उसलई गाउँमा शहरमा र देशको चौतर्फ खोजे देख्न र भेट्न सकिन्छ । ऊ नेपालीहरुको साझा प्रतिनिधि बनेको छ । उसलाई एकलब्य र अर्जुनसँग तुलना गरिएको छ । आवश्यक पर्दा ऊ जो पनि हुन सक्छ । उसको मतदान गर्ने अधिकार छ । ऊ मतदाता पन िहो । यसको अस्तित्व राज्यले स्वीकार नगरे पनि सराहे गर्ने बेलामा पुरोहितले उसको नाम लिने गरेको तथ्य छ । यस कवितांशमा सबैको प्रतिनिधि पात्रका रुपमा समाजमा सबैतिर भेटिन्छ ।


घ) कविले हर्कबहादुरलाई सलाम गर्नुको कारण के हो ?

उत्तर: हर्कबहादुरलाई कविले करङको दत्तिउन लगाएर हाडको चन्दनको लेप लगाएर मन्दिर र मस्जिद जस्ता पवित्र स्थानमा पवित्र मनले बाँचिरहेको हर्कबहादुरालाई सलाम गरेका छन् । नेपाल धार्मिक मुलुक हो । यहाँका हर्कबहादुरहरु धर्मका नाममा आपसी सौहार्द विचार लिएर बाँचेका छन् । उनीहरु एक आपसमा मेलमिलाप र सद्भावको विचार राख्छन् । त्यस्ता हर्कबहादुरलाई मनैदेखि सलाम गर्नु पर्दछ ।


२. 'हर्कबाहादुर' कवितामा कविले राष्ट्रियता, स्वाधिनाता र नागरिकताको महत्व कसरि प्रस्तिने सङ्केत कसरि गरेका छन् स्पष्ट पार्नुहोस् ।

उत्तर: यस कविताका रचनाकार दिनेश अधिकारी (२०१६) हुन् । उनले समसामयिक पुस्ताको प्रतिनिधित्व गरेका छन् । उनले राष्ट्रका मुख्य तीन पक्षलाई मार्मिक ढङ्गले उठाएका छन् । ती हुन्, राष्ट्रियता, स्वाधिनता र नागरिकता । राष्ट्रियताको ठूलो महत्व राष्ट्र स्वतन्त्र हुनका लागि हुन्छ । राष्ट्रियता भएको राष्ट्रमा सबै नागरिकको भलो चिताइन्छ । उनीहरुको बाँँच्ने आधार दिइन्छ । राष्ट्रियता औषधि बनेर आउन नसके त्यस्ता हर्कबहादुरले सात वर्षे छोरी गुमाइरहने छन् । स्वाधीनता नहुँदा आफ्नो युक्ति विकास गर्न विदेश भासिनु प¥यो र उसलाई कसैले रोकेन र नागरिकता देशवासीको त्यस्तो पहिचान हो । जसले उनीहरुलाई आफ्नो हक अधिकार दिलाउँछ । तर राष्ट्रियता र नागरिकता यस देशमा नाममा मात्र सीमित भएको कटु तथ्य कविले हर्कबहादुर कविता मार्फत प्रस्तुत गरेका छन् ।


३.'हर्कबहादुर ' कविताका आधारमा हर्कबहादुरका विशेषताहरूको सुची बनाउनुहोस् ।

उत्तर: हर्कबहादुरका विशेषताहरू :

> हर्कबहादुर उपनामबाट चिनिने,

> गरीब, लगाउने लुगासम्म नभएको नाङ्गो ।

> हर्कबहादुरलाई आफू बाँचेको युगसम्म थाहा नभएको,

> ऊ भोकभोकै काम गर्ने मानिस,

> कर्मठ, इमान्दार नागरिक ।


४. हर्कबहादुरले कस्ता नेपालीहरुको प्रतिनिधित्व गरेको छ, लेख्नुहोस्। 

उत्तर: हर्कबहादुरले गरीब, किसानी, आफ्नो परिचय नभएका, मजदुर, नाङ्गा मजदुरी गरेर जीविका चलाउने व्यक्ति, नागरिको प्रतिनिधित्व गरेको छ । साथै रातदिन कडा परिश्रम गरेर खान, लाउन र बस्न नपाएका नाङ्गा, भोका नेपालीहरु जसले चेतनाका नाउँमा आफु बाँचेको युग थाहा नपाउने राष्ट्रियता, स्वाधिनता तथा नागरिकता फोस्रो लाग्ने नेपालीहरुको प्रतिनिधित्व गरेको छ । कामको शिलसिलामा विदेशिएका नेपाली जसले आफ्नो छोरछोरीको उपचार गर्न सक्दैन, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप खेप्न बाध्य छन्, त्यस्ता नेपाली जनताको प्रतिनिधित्व गरेको छ ।


व्याकरण:

शब्दको बनोट:


१. तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरुको उपसर्ग र आधार पद छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)


अकाल – अ+काल

अनपत्यार – अन+पत्यार

अस्वभाविक – अ+स्वभाव+इक

कुलत – कु+लत

बेमतलब – बे +मतलब

नालायक – ना+लायक

गैरजिम्मेवार – गैर+जिम्मेवार

बदनाम – बद+नाम


२. तलको अनुच्छेदमा दिईएका शब्दहरु उपसर्ग लागेर बनेका हुन् । तिनै उपसर्ग लागाई अरु तिन वोटा शब्द बनाउनुहोस :

अस्थिर = अ+स्थिर

१. अ+भाव = अभाव

२. अ+सजिलो = असजिलो

३. अ+काल = काल


अनमोल = अन+मोल

१. अन+मोल = अनमोल

२. अन+पत्यार = अनपत्यार

३. अन+कन्टार = अनकन्टार


अधिवेशन = अधि+वेशन

१. अधि+राज्य = अधिराज्य

२. अधि+कार = अधिकार

३. अधि+पति = अधिपति


अनुहार = अनु+हार

१. अनु+रोध = अनुरोध

२. अनु+भव = अनुभव

३. अनु+वाद = अनुवाद


अभिवादन = अभि+वादन

१. अभि+भावक = अभिभावक

२. अभि+योग = अभियोग

३. अभि+वक्ता = अभिवक्ता


अतिरिक्त = अति+रिक्त

१. अति+रथि = अतिरिथि

२. अति+सर = अतिसार

३. अति+शय = अतिशय


अवकाश = अव+काश

१. अव+सर = अवसर

२. अव+रोध = अवरोध

३. अव+स्था = अवस्था


अपहरण = अप+हरण

१. अप+वाद = अपवाद

२. अप+राध = अपराध

३. अप+चलन = अपचलन


उपकार = उप+कार

१. उप+त्यका = उपत्यका

२. उप+चार = उपचार

३. उप+क्रम = उपक्रम


आचरण = आ+चरण

१. आ+योग = आयोग

२. आ+कृति = आकृति

३. आ+मुख = आमुख


उत्कृष्ट = उत्+कृष्ट

१. उत्+सव = उत्सव

२. उत्+साह = उत्साह

३. उत्+भव = उद्भव


दुर्गम = दुर्+गम

१. दुर्+लभ = दुर्लभ

२. दुर्+जन = दुर्जन

३. दुर्+गुण = दुर्गुण


दुष्साह = दुस्+साहस

१. दुस्+कार्य = दुष्कार्य

२. दुस्+चरित्र = दुश्चरित्र

३. दुस्+प्रयास = दुष्प्रयास


निवारण = नि+वारण

१. नि+योग = नियोग

२. नि+यम = नियम

३. नि+बन्ध = निबन्ध


निःश्वास = नि+ श्वास

१. निः+ शुल्क = निःशुल्क

२. निः + क्षेप = निक्षेप

३. निः + सह = निस्सह


निर्बल = निर + बल

१. निर् +माया = निर्माया

२. निर्+दयी = निर्दयी

३. निर् +गुण = निर्गुण


पराक्रम = परा + कम

१. परा + जय = पराजय

२. परा + मर्श = परामर्श

३. परा + धीन = पराधीन


परिवार = परि + वार

१. परि + चय = परिचय

२. परि + स्थिती = परिस्थिति

३. परि + वर्तन = परिवर्तन


प्रगति = प्र + गति

१. प्र + काश = प्रकाश

२. प्र + ताप = प्रताप

३. प्र + योग = प्रयोग


प्रतिवद्ध = प्रति + बद्ध

१. प्रति + लिपि = प्रतिलिपि

२. प्रति + कृति = प्रतिकृति

३. प्रति + सोध = प्रतिशोध


विशिष्ट = वि + शिष्ट

१. वि + जय = विजय

२. वि + ज्ञान = विज्ञान

३. वि + योग = वियोग


संहार = संम् + हार

१. सम् + योग = संयोग

२. सम् + चय = संचय

३. सम् + वाद = संवाद


सुकार्य = कार्य +सुकार्य

१. सु + योग = सुयोग

२. सु + मार्ग = सुमार्ग

३. सु + लभ = सुलभ


बेथिति = बे +थिति

१. बे + मतलब = बेमतलब

२. बे + फाइदा = बेफाइदा

३. बे + इमान = बेइमान


बिकामे = बि + कामे

१. वि + ढङ्ग = विढङ्ग

२. वि+रङ्गी = विरङ्गी

३. वि+सन्चो = बिसन्चो


बदनियत = बद्+नियत

१. बद्+ख्याइँ = बद्ख्वाईँ

२. बद्+नाम = बद्नाम

३. बद्+मास = बदमास


अनपत्यार = अन+पत्यार

१. अन+मेल = अनमेल

२. अन+अन्त = अनन्त

३. अन+आयस = अनायस


नामर्द = ना+मर्द

१. ना+लायक = नालायक

२. ना+बालक = नाबालक

३. ना+तागत = नातागत


गैरहाजिर = गैर+हाजिर

१. गैर+इलाका = गैरइलाका

२. गैर+जिम्मेवार = गैरजिम्मेवार

३. गैर+सरकारी = गैरसरकारी


बेहिसाब = बे+हिसाब

१. बे+काइदा = बेकाइदा

२. बे+मतलब = बेमतलव

३. बे+ स्थिति = बेस्थिति


परिसंवाद = परि+संवाद

१. परि+चय = परिचय

२. परि+स्थिति = परिस्थिति

३. परि+क्रमा = परिक्रमा


कुबाटो = कु+बाटो

१. कु+लत = कुलत

२. कु+ख्यात = कुख्यात

३. कु+साइत = कुसाइत


३.उही शब्द दोहोरिदा द्वत्व शब्द बन्छ । आगि आगि , खरखजाना , ऐंचोपैंचो येस्तै शब्द हुन् । तलको अन्नुछेदमा यस्ता शब्दहरु छन् । ति कुन शब्द दोहोरिएर बनेका हुन् पत्ता लागाउनुहोस : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

उत्तर: माथिमाथि, सानातिना, झै झगडा, आ–आफ्नो, सरसल्लाह, मरमद्दत, कामसाम, टालटुल, अगिअगि ।


४.तलका द्वत्व शब्दको दोहोरिएको अंश छुट्याउनुहोस :

झोलैझोला पाखोसाखो खेतसेत पालोपालो आनीबानी ऐंचोपैंचो अदलीबदली खोतलखातल फाँडफुँड माडमुड तरतमसुक उखुसुखु गाग्रीसाग्री घरघर गाउँगाउँ

उत्तरः

झोलैझोला = झोला + झोला

पाखोसाखो = पाखो + पाखो

खेतसेत = खेत + खेत

पालोपालो = पालो + पालो

आनीबानी = बानी + बानी

ऐंचोपैंचो = पैंचो + पैंचो

अदलीबदली = बदली + बदली

खोतलखातल = खोतल + खोतल

फाँडफुँड = फाँड + फाँड

माडमुड = माड + माड

तरतमसुक = तमसुक + तमसुक

उखुसुखु = उँखु + उँखु

गाग्रीसाग्री = गाग्री + गाग्री

घरघर = घर + घर

गाउँगाउँ = गाउँ + गाउँ



संक्षेपिकरण:

१. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको छोटोछरितो उत्तर दिनुहोस्: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)


क) शिक्षामा महिलाहरुको पछि पर्नुका कारणहरु के के हुन् ?

उत्तर: शिक्षामा महिलाहरु पछि पर्नुका कारणहरु आर्थिक तथा सामाजिक कारण हुन् ।


ख) शिक्षामा महिलाहरु सहभागिता कसरि गराउन सकिन्छ ?

उत्तर: शिक्षामा महिला पछि पर्नुका आर्थिक तथा सामाजिक कारणलाई ध्यानमा राखेर योजना बनाई कार्यक्रमहरु सञ्चालन गरी महिला सहभागिता गराउन सकिन्छ ।


ग) महिला शिक्षाको उपयुक्त विकासका लागि कस्ता योजनाहरु आवश्यक हुन्छन् ? 

उत्तर: महिला शिक्षाको उपयुक्त विकासका लागि आर्थिक र सामाजिक कारण अन्तर्गत पर्ने उल्लिखित कारणलाई ध्यानमा राखेर चेतनामा अभिबृद्धि हुने योजनाहरु आवश्यक हुन्छन् ।


घ) यस अनुच्छेदलाई सुहाउने शिर्षक के हुन सक्छ ?

उत्तर: यस अनुच्छेदलाई सुहाउने शीर्षक शिक्षामा महिला सहभागिता हुन सक्छ ।


ङ) विपन्नता, संलग्नता, उपयुक्त, अभिवृद्धि, र अन्धविश्वास शब्दको अर्थ लेख्नुहोस् ?

उत्तर:

विपन्नता – कुनै कुरामा पछि पर्नु

संलग्नता –सहभागिता

उपयुक्त – मिल्ने सुहाउँदो

अभिवृद्धि – बढ्नु

अन्धविश्वास – अनावश्यक कुरामा विश्साव गर्ने


२. माथिको अनुच्छेदबाट पाचँ बुँदा टिपोट गरी तिनै बुँदाका आधारमा एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस्। (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

उत्तर:

१ शिक्षामा महिलाहरु पछि पर्नु,

२ आर्थिक र सामाजिक कारणका रुपमा आर्थिक विपन्नता, शैक्षिक चेतनाको कमी, अन्धविश्वास, छिटो विवाह आदि हुनु,

३ आर्थिक र सामाजिक कारणलाई ध्यानमा राखेर योजना बनाउनुपर्ने,

४ सबैले पढ्ने र छोरीलाई स्कुल पठाउने,

५ विपन्नवर्गका लागि आयमुलक कार्यक्रम र रोजगारी

Post a Comment

0 Comments