Header Ads Widget

6/recent/ticker-posts

मूल्य अभिवृद्धि करको परिचय

मूल्य अभिवृद्धि करको छोटो परिचय दिनुहोस् ।


वस्तु तथा सेवाको खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तरमा लाग्ने कर मूल्य अभिवृद्धि कर हो । यो वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने कर हो । यो बिक्री करको सुधारिएको रूप हो । नेपालमा यस करलाई राजस्वको प्रमुख आधारका रूपमा लिइएको छ । नेपालमा यो कर वि.सं. २०५४ मङ्सिर १ गतेदेखि लागू भएको हो । मूल्य अभिवृद्धि कर लागू भएको दिन मङ्सिर १ लाई वि.सं. २०६९ सालदेखि ‘राष्ट्रिय कर दिवस’का रूपमा मनाउँदै आइएको छ । हाल मूल्य अभिवृद्धि करको दर १३ प्रतिशत छ । नेपालमा यस करलाई व्यवस्थित गर्न मूल्य अभिवृद्धि कर ऐन, २०५२ र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ लागू गरिएको छ । मूल्य अभिवृद्धि कर स्वयं कर निर्धारण प्रणालीमा आधारित छ । जसअनुसार करदाताले आफ्नो कारोबारको आफैँ अभिलेख राख्ने, आफैँ कर निर्धारण गर्नेे, आफैँ कर जम्मा गर्ने, कर विवरण कर कार्यालयमा आफैँ दाखिला गर्नेजस्ता कार्य गर्दछन् । यसले करदातालाई आर्थिक प्रजातन्त्रको प्रत्याभूति दिएको छ । यो यसको प्रमुख विशेषता हो । यो लेखामा आधारित आधुनिक कर हो ।

(गोरखापत्रबाट)



Post a Comment

0 Comments