सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरू सशक्त ढङ्गले प्रस्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।
म फूल लिएर आउने छु को विषेशता:
> प्रगतिशील, मानवतावादी साहित्यकार, रास्ट्रीयता, जातीयता र माटो प्रति समर्पित भावना जागरण गराउन चाहने साहित्यकार
> लैंगिक असमानता, सामाजिक विभेद, शोषण र अन्यायको विरोध गरि स्वच्छ र समता मुखी समाजको परिकल्पनालाई आग्रह गर्ने नारि प्रतिभा
> उपेक्षित, अशिक्षित र अपहेलित नारीको उत्थानको लागि आवाज उठाउने साहित्यकार
> जन्मिएको भूमिप्रति अगाध आस्था प्रकट गरिएको विचार प्रधान आत्मपरक निबन्ध
> आफ्नो शैशवकाल बितेको दोलखाको सुनखानीको मातृ वात्सल्य र काखप्रति अत्यन्त मोह व्यक्त गरिएको
> प्रत्येक नागरिकले जन्मभुमिप्रती श्रद्धा र समर्पित भावना व्यक्त गरिनुपर्ने विचार भएको यस निवन्धमा जन्मभूमिको बाध्यता, विवसता र समस्यालाइ बुझेर त्यसको अन्त्यको लागि लाग्नुपर्ने आग्रह गरिएको
> माटोको माया अक्षरमा ब्यक्त भएको यस निवन्धमा मातृऋण तिर्ने आतुर मानशिकता देखाइएको
> सुनखानीको भौगोलिकता, प्रक्रितिकता र संस्क्रितिकताले आफुलाई सदैब तानिरहेको तर आफु सुनखानीमा टेकना नसकेको पीडा व्यक्त
> अतितको स्मरणले उजाड निरस र अभावको सहरमा आफुलाई बाँच्ने उर्जा थपिरहेको कुरा व्यक्त
> अस्त व्यस्त दुषित सहरी सभ्यतामा आफ्नो जीवनलाई अगाडी बढाउन उही सुनखानीको सम्झना प्रेरणादायी, उत्साहप्रद भएको कुरा व्यक्त
> विश्वपरिवेसमै विकृति फैलिएको र त्यस विकृतिले सुन्खानिलाई पनि दुषित बनाउन लागेकोमा चिन्ता प्रकट गरिएको
> जन्मभूमि प्रतिको आत्मियता देस्वाशीको उत्थानमा लाग्ने तिब्र चाहना, धर्तिलाइ सदाब प्राण भन्दा पनि प्यारो मानुपर्ने विचार, आमाको अनुहार सधैं सन्तानले हसौनुपरने जस्ता विचार मूल भाव भएको
निबन्धकार परिचय:
सुधा त्रिपाठी (वि. सं. २०१५) निबन्धकार, नाटककार, कवि, कथाकार तथा समालोचक हुन् । उनका बादल धर्ति र आस्थाहरु; जिवनसूत्र र स्वप्नाभास; सुट, टाई र सुँगुर; अमर सिर्जनाजस्ता निबन्धसङ्ग्रह हरू प्रकाशित छन् । उनि मूलत: नारीवादी लेखक हुन् । उनि एकातिर आफ्ना निबन्धमा नेपाली नारीका पिडा , समस्या र पितृसत्ताका कारण सिर्जित लैङ्गिक तथा वर्गीय विभेदको अन्त्यको चाहना व्यक्त गर्छिन् भने अर्कातिर देशभक्ति र धर्तिप्रतिको आस्था पनि प्रकट गर्छिन् । उनि प्रगतिवादी चेतनाको वरण गर्दै आफ्ना निबन्धमा समाजका बिकृति र विसङ्गतिप्रति ब्यङ्गय पनि गर्छिन् ।' मा फूल लिएर आउने छु ' उनले आफ्नो जन्मभूमिको सम्झन गरि रचेको एक घतलाग्दो निबन्ध हो ।
प्रश्नोत्तर:
पठनबोध: १) तलका निबंधांश पढी सोधिएक प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
(क) सुनखानी, म फूलसँगै राखेर मनुष्यलाई हेर्छु । मनुष्यका पिदरुपी जीवन हेर्छु। म मेरो गाउँ हेर्छु र देश हेर्छु । म मेरो देशका टुक्रा टुक्रामा तिम्रै जीवन पाउँछु र तिम्रै पिडा देख्छु । त्यसीले सुनखानी , तिमि मेरो देश हेर्ने एना । तिमि मेरो जीवनको आस्था । तिमि मेरो सानो देश र सानो संसार नै हौ।
अ) निबन्धकारले मानिसलाई फूलसङ्ग दाँजेर हेर्नुको कारण के हो ?
उत्तर: निबन्धकारले मानिसलाई फूलसँग दाजेर हेर्नुको कारण माजसमा दुःख कष्ट बेदना परिवेश र परिस्थिती पाउनु हो ।
आ) निबन्धकारले सुनखानीको चित्रण कसरि गरेकी छन् ?
उत्तर: निबन्धकारले सुनखानीमा देश देखेकी छन् । त्यहाँ जिवन छ र देश प्रतिको ममता झल्किएको छ ।
इ) निबन्धकारले सुन्खानीलाई किन माया गरेकी हुन् ?
उत्तर: निबन्धकारले सुनखानीलाई जन्मथलो भएकाले माया गरेकी हुन् ।
ई) ' तिमि मेरो देश हेर्ने एना ' भन्नु को तात्पर्य के हो ?
उत्तर: तिमी मेरो देश हेर्ने ऐना भन्नुको तात्पर्य सुनखानीलाई नियालेपछी समग्रत देश बुझिन्छ भन्नु हो ।
उ) देश र सुनखानीका बीच कस्तो सम्बन्ध रहेको छ ?
उत्तर: देश र सुनखानीका बीच तादामत्म्य भावको सम्बन्ध रहेको छ । जहाँ सुनखानी नै एउटा सानो देश र सानो संसार मानिएको छ ।
ख) भौतिक शरिरको सौन्दर्य जीवनको सम्पूर्णता होइन , मान्छेको मानचाहिं कदापी कुरुप हुनु हुँदैन । यो सहरको स्पर्शले यस शरीरलाई कुरुप बनाए पनि मन भने तिमीले जस्तो बनाइदिएकि छौ त्यस्तै छ । त्यसैले त म तिमीभन्दा यति पर बसेर पनि तिम्रै मायाले द्र्वैभुत भएकी छु र यी प्रत्येक अक्षर रुपमा पग्लिंदै पग्लिंदै झरीरहेकी छु ।
अ)'भौतिक शरिरको सौन्दर्य जीवनको सम्पूर्णता होइन' भन्नुको तात्पर्य के हो ?
उत्तर: मानिसको भौतिक शरीर सुन्दर हुँदैमा उसको मन, वचन पनि सुन्दर हुन्छ भन्ने छैन । सुन्दरता नै सम्पूर्णता होइन भन्नु हो ।
आ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ र किन ?
उत्तर: निबन्धकारका दृष्टीमा मान्छेलाई सुन्दर शरीरले होइन मनले बनाउँछ । मन पवित्र भए जस्तो सुकै कुरुप मान्छेले पनि राम्रो काम गर्न सक्छ ।
इ) निबन्धकरको मान किन नफेरीएको हो ?
उत्तर: शहरको स्पर्शले शरिर कुरुप भए पनि जन्मथलोको ममताले निबन्धकारको मन नफेरिएको हो ।
ई) निबन्धकरको सुनखानी प्रतिको माया कसरि पग्लिएको छ ?
उत्तर: निबन्धकारको सुनखानी प्रति माया आक्षर बनेर पग्लिएको छ ।
उ) 'कुरुप' र ' द्रविभुत' शब्दको आर्थ के हो ?
उत्तर:
कुरुप = नराम्रो रुप
द्रविभुत = पग्लीनु + दव्यमय बन्नु
अभ्यास:
१) ' जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छ ' भन्ने भनाइप्रति ' म फूल लिएर आउने छु' निबन्धका आधारमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस् ।
उत्तर: सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरु सशक्त ढङ्गले प्रश्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।
यस निबन्धबाट जन्मभूमी स्वर्ग भन्दा पनि महान् हुन्छ भन्ने अभिव्यक्ती पाइन्छ । यहाँ निवन्धकार त्रिपाठीले सुनखानीप्रति द्रविभुत भएको अभिव्यक्ति दिएर आफ्नो जन्मथलो प्रति अपार स्नेह र माया भएको देखाएकी छन् । हामीले पनि जन्मथलो प्रति माया सदभाव राख्नुपर्छ भन्ने विचार यस निबन्धको अध्ययन पश्चात अनुभुत भएको छ । जन्म दिने आमा र जन्मभूमी प्रति सबैले सदभाव राख्नु पर्छ । जन्मभूमी साच्चै स्वर्ग समान हो । यस्ताकुराहरुको निबन्धमा चित्रण गरिएको छ । यो निबन्ध छोटकरीमा जन्मभुमी प्रती अपार स्नेह झल्कीएको निबन्ध हो ।
२ )' म फूल लिएर आउने छु ' निबन्धमा निबन्धकारले सुनखानीको सम्झना कसरी गरेकी छन् ?
उत्तर: सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरु सशक्त ढङ्गले प्रश्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।
अन्त्यमा सुनखानीलाई ढीलो भो भनेर दुःख नमान्नु भन्दै जीवनमा साँझ पर्नु अगावै एक अंजुली सेता फूलहरु ल्याएर तिम्रा पाउहरुमा भक्तिले चढाउनेछु र खुशीयालीमा अश्रुधाराहरुले तिम्रा पाउहरु पखाल्ने छु र भएका गल्तीकालागि क्षमा माग्नेछु । तिमीले मलाई निष्ठूरी सम्झे पनि मैले मेरो गाउँको गराँसको भार्भराउँदो बैंश भुलेकी छैन, न्याउलीको विरह गीत पनि भुलेकी छैन भनी मैले केही केही भुलेकी छैन । मैले मैलाई पनि भुलेकी छैन भन्दै सुनखानी प्रतिको अगाध प्रेम र ममतामयी भावलाई यस निबन्धमार्फत सम्झना गरेकी छन् ।
व्याकरण:
१) विग्रह गरिएका तलका शब्दहरुलाई समास गर्नुहोस् :
उत्तर :
विग्रह | समास |
देश र विदेश | देश–विदेश |
दाजु र भाई | दाजु–भाई |
मान एवम् मर्यादा | मान–मर्यादा |
पाप र पुण्य | पाप–पुण्य |
न फेद न टुप्पो | फेद न टुप्पो |
मादी र मस्र्याङ्दी | मादि–मस्र्याङ्दी |
दुःख वा सुख | दुःख–सुख |
धर्म वा कर्म | धर्मकर्म |
सय र पचास | सय–पचास |
गौरी र शंकर | गौरीशङ्कर |
दाल, भात र डुकु | दाल भात डुकु |
न देख्नु न सुन्नु | देख्नु न सुन्नु |
घाम पनि पानी पनि | घामपानी |
समास | विग्रह |
मुनामदन | मुना र मदन |
कागज मसी | कागज मसी |
शिक्षा दीक्षा | शिक्षा र दीक्षा |
घाम छायाँ | घाम पनि छायाँ पनि |
सुख दुख | सुख वा दुःख |
गाँस बास कपास गाँस | गाँस, बास र कपास |
मर्नु न बाच्नु | न मर्नु न बाँच्नु |
नुन चिनी पानी | नुन, चिनी र पानी |
नाफा नोकसान | नाफा वा नोक्सान |
नुनतेल | नुन र तेल |
समास | विग्रह |
नाङ्लाकाने | नाङ्ला जस्तो कान भएको |
वायुपङ्खी | वायु नै पङ्ख छन् जसका |
दोजिया | दुइ जिउ छन् जसका |
चैते बाँदर | चैतको बाँदर जस्तो छ जो |
नकटा | नाक काटिएको छ जसको |
दोपाया | दुइवटा पाउ छन् जसका |
पाँचतले | पाँच वटा तला छन् जुन भवनमा |
लमकन्या | लामा कान छन् जसका |
चरीनङ्ग्रे | चराका जस्ता नङ्ग्रा छन् जसका |
कलजिब्रे | कालो जिब्रो छ जसको |
बाघमुखे | बाघको जस्तो मुख छ जसको |
लामखुट्टे | लामा खुट्टा छन् जसका |
दुधमुखी | दुधमा मुख छ जसको |
बहुमुखी | बहु मुख छन् जसका |
हात्तीसुँडे | हात्तीका जस्ता सुँड छन् जसका |
नौलखा | नौ लाख बाट वनेको भवन हो जुन |
0 Comments