Header Ads Widget

6/recent/ticker-posts

नेतृत्वले गर्ने कार्यहरू के के हुन् ? लेख्नुहोस् ।

नेतृत्वले गर्ने कार्यहरू के के हुन् ? लेख्नुहोस् ।


जुनसुकै परिस्थितिमा पनि अनुयायी तथा सरोकारवालाहरूको प्रवृत्ति र बानीव्यहोरालाई एउटा आकारमा ल्याई सामूहिक लक्ष्य प्राप्तिमा क्रियाशील गराउने क्षमता नेतृत्व हो । नेतृत्वले अरूलाई प्रभाव पार्ने, काम गराउने तथा आफैँले पनि काम गर्नुपर्ने भएकाले नेतृत्व परिश्रमी, प्रशिक्षित, प्रजातान्त्रिक, उत्प्रेरित एवं वस्तुवादी हुनुपर्दछ । नेतृत्वले धेरै कार्य गर्नुपर्दछ, जुन निम्न छन्:

– सङ्गठनको उद्देश्य एवं लक्ष्य निर्धारण गर्ने,

– नीति निर्माण गर्ने,

– निर्णय गर्ने,

– व्यवस्थापकीय कार्यहरू गर्ने,

– समय व्यवस्थापनको कार्य गर्ने,

– निर्देशन दिने,

– समन्वय गर्ने, सञ्चार गर्ने,

– उत्प्रेरणा जगाउने कार्य गर्ने,

– स्रोतको पहिचान तथा परिचालनको कार्य गर्ने,

– शक्ति एवं अधिकारको प्रयोग गर्ने,

– जिम्मेवारी पूरा गर्ने, कर्तव्य पालना गर्ने,

– अनुयायी तथा संस्थाको प्रतिनिधित्व गर्ने,

– अनुगमन गर्ने, मूल्याङ्कन गर्ने,

– पृष्ठपोषण लिने दिने ।

(गोरखापत्रबाट)



Post a Comment

0 Comments