Header Ads Widget

6/recent/ticker-posts

कान्छी, भट्टी र देश | कविता | कृष्ण सेन | सबैको नेपाली | कक्षा ११/१२

क्रान्तिकारी , प्रगतिवादी, जनपक्षीय कवी कृष्ण सेन इच्छुक सामन्ती सोषणको चर्को विरोध वर्गीय मुक्तिको पक्षमा दृढ प्रतिवद्धता र मानवीय मुल्यको खोजीका सशक्त सर्जक हुन् । समानताको विचार संदेसको रुपमा प्रकट गर्दै सामन्ती राज्य व्यस्थाको अन्त्य कवी सेनका कवितामा पाइने विशेषता हुन् । कान्छी, भट्टी र देश कविता नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना हो । पुरुष सत्तात्मक समाजमा एक्लो भएर कान्छीले जीवन विताएका कस्टप्रद अवस्था यस कविताका विषय वस्तु हुन् । मन नलागी नलागी पनि भट्टी चलाउनु पर्ने बाध्यता कविताको उल्लेखनीय पक्ष हो । मन भित्र असाध्यै दुख, पीर, वेदना भएपनि हिमाली हाँसो जस्तै कान्छी बाहिरी मुस्कानले भट्टी चलाउन व्यस्त छे जीविकाको निम्ति गरीब माइतीले दिएको थोरै दाइजो बाट कान्छीले भट्टी थापिरहेकी छे । कवितामा प्रयुक्त कान्छी बाट नेपाली समाजका निम्न आर्थिक स्तर भएका नेपालि नारीको प्रतिनिधित्व गरिएको छ । ग्राहकको उपहाँस, हासों, कलुषित हेराइ, हेपाइ आदि सहेर पनि व्यापार चलाउनुपर्ने, हाँस्नुपर्ने विवसता भएको कान्छी भट्टीमा भात र मासु संग संगै आफ्ना दुख, पीर, वेदना पकाउन बाध्य देखिन्छे । वेदना, असुरक्षा, छटपट्टि भोगिरहेकी कान्छीका निम्ति आफ्नै रुप र बैंस पनि शत्रु भएका छन् । हराउंदै गएको अस्मिता लाचार जीवन राक्सीका बोतल संगै रित्तिदै गएको बैंस कान्छीका पहिचानका रुपमा प्रस्तुत गर्दै श्रमजीवी नेपाली नारीको दयनीय सामाजिक परिश्थिति कवितामा चित्रण गरिएको छ ।

गरीबी, अभाव र अपमानमा जीवन बिताउन बाध्य कान्छी जस्ता नेपाली नारीको जीवनलाई सुखी, सम्मानित र शक्तिशालि पर्नु पर्ने सन्देस कवितामा व्यक्त भएको छ । पुरुष प्रधान सामाजमा नारीको जीवन वेदनामय भएको, परदेसियेका पति र टाढिएका आफन्त सम्झेर नरकीय जीवन विताउन बाध्य भएका नारीको चित्रण गर्दै पेशा प्रति सम्मानित मानसिकताको उदय हुनु पर्ने आवश्यकतालाई कविताको सन्देशको रुपमा प्रस्तुत गरिएको छ । चर्को श्रम गरेतापनि नारी क्षेत्रमा देखिएको असमानता प्रति विरोध को भाव पनि कवितामा भेटिन्छ l कोशीका छाल झैं बन्धक, गण्डकी झैं बेचैन कामुक आखाँले डामियेकी कर्णालीको प्रस्तुतिले नेपाली नदीनाला संगै नेपाली नारी समाजमा स्वदेशी विदेशी शोषणको गिद्धे नजर परेको यथार्थलाई पनि कविताको उल्लेखनीय पक्षको रुपमा प्रस्तुत गरेको छ ।

कवि परिचय:

कृष्ण सेन (वि. सं. २०१३- २०५९) राजनीति, साहित्य र पत्रकारितामा उत्तिकै दलाख भएका व्यक्ति हुन् । सामाजिक रुपान्तरणका लागि राजनीतिक आस्था, त्याग र बलिदानको संस्कृति बोकेर आगाडी बढ्दा सहिद भएका इच्छुक क्रन्तिकारी कवि हुन् । उनका शोकाञ्जलि (२०४८) एवं वन्दी र चन्द्रागिरी (२०५७) काव्य र इतिहासको यस घडीमा (२०५६) कवितासङ्ग्रह प्रकाशित छन् । उनका कविता र काव्यमा वर्गसङ्घर्षका माध्यमबाट समाजको आमूल परिवर्तन गर्दै नायाँ समाज व्यवस्थाको निर्माण गर्न उदात् चेतनाको अभिव्यक्ति पाइन्छ । उनि प्रगतिवादी धारका सशक्त कवि हुन् ।

प्रश्नोत्तर:

२ं)तलका शब्द र अर्थ को जोडा मिलाउनुहोस् :

उत्तर: शब्द - अर्थ

पीडा - मनको पिर

श्री शोभा - रुप

क्लेश दःख - कष्ट

गह आँखाको - खेविल्टो

अबोध - नबुझ्ने

कामुक स्त्री - लम्पट

स्नेह प्रेम - माया

पठनबोध:

प्रश्न उत्तर: १. तलका कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) चियाको कित्लिजस्तै भकभकी उम्लिरहेको दु : खी मन अनि

रक्सीका बोतलहरुसित रित्तिरहेको बैँसालु यौवनलाई

विवशताका भोक थाली र कचौराहरुमा पस्केर

सन्त्प्त मुस्कन्हारुले उदासी बाँडिरहिन्छ

कान्छी भट्टी थापिरहिछ ।

अ. ' सन्त्प्त मुस्कन्हारुले उदासी बाँडिरहिन्छ ' भन्नुको तात्पर्य के हो ?

उत्तर: भट्टी थाम्ने कान्छीको मन चियाको कित्ली रक्सीका बोतल र विवशताका थाल कचौरा जस्ता सन्तप्त छन् । उसमा कुनै आशा र उमंग छैन, उ उयदास देखिन्छे भन्नु हो ।

आ. कान्छीको मन किन चियाको कित्लीजस्तै भकभकी उम्लिरहेको हो ?

उत्तर: जीवन प्रतिको आशा, भरोसा र स्थिरता नभएकाले कान्छिको मन चियाको कित्ली जस्तै भकभकी उम्लिरहेको छ ।

इ. कान्छीका मध्यमबाट कविले कुन वर्गको चित्रण गरका छन् ?

उत्तर: कान्छीका माध्यमबाट कविले होटेल व्यवसाय गर्ने वर्गको चित्रण गरेका छन् ।

उ. यस कवितांशको मूल भाव के हो ?

उत्तर: यस कविताको मुल भाव शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडन हो ।

ख) भट्टीमा भात पाकीरहेछ

भातसँगसँगै कान्छीको लाज पाकिरहेछ

भट्टीमा मासु पाकीरहेछ

मासुसँगसँगै कान्छीको श्री बिकिरहेछ ।

अ. "भातसँगसँगै कान्छीको लाज पाकिरहेछ " भन्नुको तात्पर्य के हो ?

उत्तर: भात पकाउँने कान्छी भातका साथै त्यहाँ आउने पाहुनाले उसको इज्जतमाति प्रहार गरेका छन् र पनि उ मौन छ ।

आ. कान्छीको आँसु किन पाकिरहेछ ?

उत्तर: मासुको प्रतिकात्मक अर्थ हुन्छ – यौन दुराचार । कान्छीको मासुसँगै आँसु पनि पकाइरहेकी देखीनछे ।

इ. कान्छीको श्री कसरी बिकिराहेछ ?

उत्तर: यस कवितांशले भट्टीका जसरी भात, लाज र मासु पाकीरहेछ, त्यससरीनै उसको श्री पनि विकिरहेछ ।

उ. 'श्री 'को आर्थ के हो ?

उत्तर: श्रीको अर्थ शोभा, रुप हो ।

अभ्यास:

२) 'कान्छी , भट्टी र देश ' कविताले गरिब र उत्पीडित नेपाली नारीहरु र तिनको विवशतालाई प्रस्तुत गरेको छ । जीवन धन्नका लागि भट्टी पसल थप्न बाध्य पारिएका कान्छीहरु हाम्रा गाउँ , सहरमा प्रशस्त छन् । " कान्छी , भट्टी र देश ' कविता पढी कविताका आधारमा कान्छीका विवशताहरुको चित्रण गर्नुहोस् ।

उत्तर: कृष्ण सेन ‘इच्छुक’ (वि.स. २०१३–२०५९¬) राजनीति, साहित्य र पत्रकारितामा उत्तिकै दखल भएका व्यक्तित्व हुन् । सामाजिक रुपान्तरणका लागि राजनीतिक आस्था, त्याग र बलिदानको संस्कृति बोकेर अगाडी बढ्दा सहिद भएका इच्छुक क्रान्तिकारी कवि हुन् । उनका शोकाञ्जी (२०४८) एवम् बन्दी र चन्द्रागिरि (२०५७) काव्य र इतिहासको यस घडिमा (२०५६) कविता संग्रह प्रकाशित छन् । उनका कविता र काव्यमा वर्ग र संघर्षका माध्यमबाट समाजको आमूल परिवर्तन गर्दै नयाँ समाज व्यवस्थाको निर्माण गर्ने उदात्त चेतानको अभिव्यक्ति पाइन्छ । उनी प्रगतिवादी धारका सशक्त कवि हुन् । यस वितामा नेपालको आर्थिक विकृतिलाई चित्रण गरिएको छ । प्रकृतिको सौन्दर्यले सिंगारिएको सुन्दर देश नेपालमा हिमालको सफा र ताजा हावाको पनि कान्छी जस्तको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता छ । यस देशमा कान्छीले चियाको कित्लीमा दुःख, कष्ट र वेदना उमालिरहेको छ । त्यस्तै उसले सक्सीको बोतलसँगै बैसालु यौवान बेचिरहेकी छ र विवसताका सुस्केरा, सन्तप्त मुस्कान र उदासी बाडिरहेकी छ । उसले भट्टी पसल थापिरहेकी छ । यिनै आर्थिक विषमता र बेचैनकिा दिन कान्छीले काटिरहेकी छ ।

कवितांशमा नेपालको आस्था आर्थिक विकृतिलाई चित्रण गरिएको छ । हिमाली सौन्दर्यको सुन्दर देशमा हिमालको सफा र ताजा हावावको पनि कान्छीको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता छ । यसले सक्सीका रित्ता बोतलमा बैंसालु यौवन साट्नु परेको छ । यात्रु आवत जावत गरिरहेका छन् र उसको रुपको नसा पिइरहेका छन् । उ जीवनक दुर्दशा भागिरहेकी छ । उसको भात सँगै लाज, मासुसँगै आसु र रकसी संगै श्री बेचिरहेकी छ । उ पनि हिमालकी छोरी हो । उसका आखाबाट कोशिका अशान्त छालहरु, गण्डगीका बेचैन लहरहरु तथा ठालुका कामुक आँखाले डामिएको कर्णाली झैँ कान्छी दुःख, कष्ट र वेदना खपेका विवसताहरुलाई यहा कविले यस कविता मार्फत चित्रण गरेका छन् ।

३) 'कान्छी, भट्टी र देश' कवितामा नेपाली महिलाहरुको कस्तो आवस्थाको वर्णन गरिएको छ ? समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् ।

१) आफ्नो विद्यालय /कलेजबाट प्रदान गरिने जेहेनदार छात्रवृति पाऊँ भनि प्राचार्यलाई एउटा निवेदन लेख्नुहोस् ।

मिति : २०७०।१।१

श्री प्राचार्य ज्यू

क्षेत्र विकाश उच्च माध्यमिक विद्यालय

धापाखेल, लगनखेल

विषयः छात्रवृत्ति पाउँ भन्ने बारे ।

महोदय,

        यो सविनय निवेदन गर्दछु की म यस विद्यालयको कक्षा ११ मा मढ््ने छात्र हुँ । मेरो बुवा आमा साधारण खेती किसानी गर्नुहुन्छ । उहाँ हरुले मलाई उच्च शिक्षा पढाउन निकै हम्मे हम्मे परेको छ । हाम्रो आर्थिक कमजोर अवस्थाका कारण मैले पढ्न नसकने अवस्था आउँदैछ । त्यसैले हाल साल प्राप्त जेहेनदार छात्रवृत्ति प्रदान गर्दा मलाई पनि प्रदान गराइ पाउँ र मेरो पढ्ने इच्छा सफल हुने आशा राख्दै छात्रवृत्तिका लागि म प्राचार्य समक्ष विनम्र अनुरोध गर्दछु ।

निवेदक

विकाश के.एम.

कक्षा : ११

रोल्न : २२

हस्ताक्षर

(विकाश)

२) घरमा भाइको व्रतबन्ध भएकोले आफ्न बुबाका तर्फबाट इष्टमित्रलाई पठाइने किसिमको निमन्त्रणा पत्र तयार पार्नुहोस् ।

उत्तर: 

निमन्त्रणा पत्र

श्री...................................................ज्यू

मेरो आयुस्मान सुपुत्र सुमन आचार्यको निम्न लिखित मिति, समय र स्थानमा बतबन्ध गरिदने योजना भएकोले उक्त कार्यक्रममा उपसथित भई आशिर्वाद प्रदान गर िप्रसाद ग्रहण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

मिति: २०७१।१२।२४

समय: विहान ८ बजे प्रार्थी

स्थान: पशुपतिनाथ गणेश आचार्य

३)भानु जयन्तिको उपलक्ष्यमा आयोजना गरिने कविगोष्ठीमा जिल्ला शिक्षा अधिकारीलाई आतिथिका रुपमा आमन्त्रण गर्दै एउटा निमन्त्रण पत्र तयार गर्नुहोस् ।

उत्तर: 

निमन्त्रणा पत्र

श्रीमान् जिल्ला शिक्षा अधिकारी ज्यू

नेपाल प्रज्ञा प्रतिष्ठानमा भानु जयन्तीको उपलक्ष्यमा गरिएको कवि गोष्ठीको कार्यक्रममा यहाँको आतिथ्यमा उपस्तिीको लागि उक्त गोष्ठीमा यहाँलाई सादर आमन्त्रण गरिन्छ ।

मिति : २०७०।३।१२ आयोजक

समय : दिनको ११ बजे भानु विद्यालय

स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौ

४) उच् माध्यमिक तहको अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकका विशेषताहरु औँल्याऊँदै त्यसको विज्ञापनको नमुना प्रस्तुत गर्नुहोस् ।

उत्तर :

बजारमा आइपुग्यो ।

नेपाली साहित्यका सुपरिचित लेखक श्री कृष्णविलास पौड्याल द्वारा लिखित उच्च माध्यमिक तहको अनिवार्य नेपाली विषयको पाठ्य पुस्तक बजारमा आइपुग्यो । उक्त कितावमा आवश्यक सम्पूर्ण सामाग्री र नमुन प्रश्नको पनि समावेश रहेको छ । उच्चतम अंक हासिल गरी सफता प्राप्त गर्नका लगि ढीला नगर्नुहोस् ।

नामै काफी छ ।

Post a Comment

0 Comments