Header Ads Widget

6/recent/ticker-posts

पूर्वाधार विकास बैङ्कको कार्यहरू

पूर्वाधार विकास बैङ्कले गर्ने कार्यहरू उल्लेख गर्नुहोस् ।


बैंक तथा वित्तीय संस्थाहरू सम्बन्धी ऐन‚ २०७४ अनुसार पूर्वाधार विकास बैङ्कको कार्यहरू निम्नानुसार छन्ः

– पूर्वाधार विकाससम्बन्धी परियोजनामा कर्जा प्रवाह गर्ने, सेयरमा लगानी गर्ने,

– पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने,

– नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरूमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने, ऋण प्राप्त गर्ने,

– दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरेर तथा डिबेञ्चर जारी गरेर स्रोत परिचालन गर्ने,

– नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई लिजिङ कारोबार गर्ने ।

Post a Comment

0 Comments