Header Ads Widget

6/recent/ticker-posts

नेपालको योजनाबद्ध विकासका सबल पक्षहरू

नेपालको योजनाबद्ध विकासका सबल पक्षहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।


मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्ने माध्यम योजना हो । नेपालमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको अभ्यास गरी हालसम्म चौधवटा योजना लागू गरिएका छन् । अर्को पन्ध्रौँ योजना लागू भइरहेको छ । योजना अवधिको यो समयमा यातायात, विद्युत्, सञ्चार, सिँचाइजस्ता पूर्वाधार क्षेत्रमा केही प्रगति भएका छन् । सामाजिक, प्रशासनिक एवं कानुनी सुधारका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् । आठौँ योजनाको सुरु वर्ष २०४९ सालमा ४९ प्रतिशत रहेको गरिबी १८.७ प्रतिशतमा झरेको छ । योजनाकालको यस अवधिमा हालसम्म आइपुग्दा मुलुकमा सङ्घीयतासहितको नयाँ संविधान जारी भएको छ, गणतन्त्र संस्थागत भएको छ, समावेशी सिद्धान्त, समानुपातिक प्रतिनिधित्व लागू भएको अवस्था छ । मुलुकमा आरक्षणमार्फत पिछडिएका क्षेत्र, वर्ग, समुदायको सहभागिता बढाइएको छ । यो योजनाबद्ध विकासको सबल पक्ष हो । समग्रमा नेपालको विद्यमान योजनाबद्ध विकासका सबल पक्षलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

– दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिलमा योजना केन्द्रित रहेको,

– सबै क्षेत्रको लगानीलाई स्वीकार गरिएको,

– सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको साझेदारीमा जोड दिइएको, तीनखम्बे अर्थनीति अवलम्बन गरिएको,

– सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सामुदायिक क्षेत्र सबैको भूमिका स्थापित गरिएको,

– गरिबी निवारणमा जोड दिइएको,

– उच्च, दिगो, फराकिलो आर्थिक वृद्धिदरको लक्ष्य लिइएको,

– दिगो विकास लक्ष्य प्राप्ति गर्नमा जोड दिइएको,

– शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता सामाजिक क्षेत्रमा लगानी बढोत्तरी,

– पूर्वाधार विकासमा तीब्रता,

– आवधिक योजना, वार्षिक बजेटबीच तालमेल ल्याउन मध्यमकालीन खर्च संरचना लागू,

– आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रिय आयोजना बैङ्कको स्थापना,

– आठौँ योजनादेखि खुला बजार, आर्थिक उदारीकरण एवं निजीकरणको नीति लागू ।

(गोरखापत्रबाट साभार गरिएको)

Post a Comment

0 Comments