Header Ads Widget

6/recent/ticker-posts

भ्रष्टाचार नियन्त्रण कार्यमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका

नेपालमा भ्रष्टाचार नियन्त्रण कार्यमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका के कस्तो हुनुपर्ला ? लेख्नुहोस् ।


सार्वजनिक सम्पत्ति व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । यो आर्थिक तथा गैरआर्थिक दुवै किसिमको अपराध हो । नेपालमा यसको नियन्त्रण गर्नका लागि राज्यका सबै अङ्ग सक्रिय छन् र पनि यसको नियन्त्रण गर्ने मुख्य जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हुन आउँछ । नेपालमा भ्रष्टाचार नियन्त्रण कार्यमा यी दुवै निकायको भूमिका निम्नअनुसार हुनुपर्ने देखिन्छः


राष्ट्रिय सतर्कता केन्द्रको भूमिका

– भ्रष्टाचारजन्य कार्य पहिचान गरी सम्बन्धित कार्यालयलाई सतर्क गराउने,

– भ्रष्टाचार बढी हुने निकाय पहिचान गरी अनुगमन र निगरानी बढाउने,

– सार्वजनिक निकायका कार्यमा प्रणालीगत सुधार गरी भ्रष्टाचार हुनै नदिने वातावरण तयार गर्ने,

– सार्वजनिक सेवा प्रक्रियामा सरलीकरणका उपाय पत्ता लगाउने,

– ऐन नियम कानुन सुधारमा सरकारलाई निरन्तर सल्लाह दिने,

– सेवाग्राही सर्वेक्षण गरी सेवाग्राहीको सचेतना बढाउने,

– अ.दु.अ.आ.सँग समन्वय एवं सहकार्य गरी भ्रष्टाचारजन्य कार्यको अन्त्य गर्ने ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका

– भ्रष्टाचार नियन्त्रण गर्न प्रवद्र्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक नीति अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख एवं जिम्मेवार निकायका रूपमा सशक्त भूमिका निर्वाह गर्ने,

– भ्रष्टाचारजन्य कार्यको अनुसन्धानमा तीब्रता दिने, सूचनामूलक अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउने,

– भ्रष्टाचार नियन्त्रण कार्यमा संलग्न निकायबीच कार्यगत समन्वय बढाउने,

– अन्य संवैधानिक निकाय जस्तैः मलेपको विभाग लगायतका निकायसँग कार्यगत समन्वय विस्तार गर्ने, सूचना आदान प्रदान गर्ने प्रणाली स्थापना गर्ने,

– भ्रष्टाचार हुन सक्ने जोखिम क्षेत्र पहिचान गरी निगरानी बढाउने,

– भ्रष्टाचार मुद्दामा बढी सफलता प्राप्त हुने गरी भ्रष्टाचारको तथ्यगत अनुसन्धान गरेर मुद्दा दायर गर्ने,

– भ्रष्टाचार नियन्त्रणमा सरकारलाई राय, सल्लाह, सुझाव प्रदान गर्ने,

– भ्रष्टाचार भएपछि कारबाही गर्नुभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण तयार गर्ने गराउने ।

(गोरखापत्रबाट साभार गरिएको)

Post a Comment

0 Comments