Header Ads Widget

6/recent/ticker-posts

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८३६ कर्मचारी | कुन प्रदेशमा कति ? कहिलेसम्म भर्ने ?

बैंकले रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकोले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलगेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट मिति २०७८/०७/१५ गतेदेखि Online दरखास्त फाराम भर्न आह्वान गरिएको छ । 

बैंकले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पुर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा Scan गरी Attach गर्नुपर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत उम्मेदवारहरूले विभागीय स्वीकृति समेत अनिवार्य रूपमा Scan गरी Attach गर्नुपर्नेछ । 

रीत नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका Online दरखास्त उपर कुनै कारवाही हुनेछैन ।

साथै नेपाल सरकार वा कुनै संगठित संस्था वा बैंक/वित्तीय संस्थाको सेवाबाट भविष्यमा अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणीत भएको, नेपाल राष्ट्र बैंकले जारी गरेको नियमन तथा निर्देशन अनुसार बैंक/वित्तीय संस्थाको कुनै पदमा नियुक्ति हुन अयोग्य हुने भनी तोकिएको व्यक्ति, बैंक/वित्तीय संस्थाको ऋण नतिरी कालो सूचीमा परेको व्यक्ति, तोकिएको पदमा तोकिएको उमेर नपुगेको वा उमेरको हद नाघेको व्यक्ति, मानसिक सन्तुलन ठीक नभएको र यस अघि लेकसेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरी उम्मेदवार हुन बन्देज लगाइएको अवधि पूरा नभएका उम्मेदवारहरूको दरखास्त उपर कुनै कारवाही हुनेछैन । झुटा विवरण उल्लेख गरी Online दरखास्त फाराम भरेमा सोको जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

परीक्षा दस्तूर समेत Online मार्फत उपलब्ध गराइएका माध्यम (RBB Mobile Banking वा e-Sewa वा Khalti वा NamastePay वा तोकिएका अन्य) बाट बुझाउनुपर्नेछ । परीक्षा दस्तुर नगदमा बुझ्ने व्यवस्था नरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।


> सेवाको किसिमः स्थायी ।

> आवश्यक न्युनतम शैक्षिक योग्यताः

(क) वरिष्ठ प्रवन्धक पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ८ वर्षको अनुभव भएको ।

(ख) प्रवन्धक पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मुल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ६ वर्षको अनुभव भएको ।

(ग) उप-प्रवन्धक पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मुल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ५ वर्षको अनुभव भएको ।

(घ) उपप्रबन्धक (लेखा): मान्यता प्राप्त शिक्षण संस्थाबा६ चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको ।

(ङ) सहायक प्रबन्धक तथा सहायक प्रबन्धक (नगद) पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर उपाधि हासिल गरेको ।

(च) सहायक प्रबन्धक (कानून): मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून संकायतर्फ स्नातकोत्तर उपाधि हासिल गरेको ।

(छ) सहायक प्रबन्धक (सूचना प्रविधि): मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर स्तरको उपाधि हासिल गरेको ।

(ज) वरिष्ठ सहायक तथा वरिष्ठ सहायक (नगद) पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी तर्फ अर्थशास्त्र मूल विषय लिई स्नातक उपाधि हासिल गरेको ।

(झ) वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्यूटर वा कम्प्यूटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स्नातक उपाधि हासिल गरेको ।

(ञ) वरिष्ठ सहायक (कानुन) पदका लागिः मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून संकाय तर्फ स्नातक उपाधि हासिल गरेको ।

(ट) सहायक तथा सहायक (नगद) पदका लागिः दश जोड दुई वा सो सरहको योग्यता हासिल गरेको ।

> Online दरखास्त फाराम भर्ने मितिः- Online दरखास्त फाराम शुरू हुने मिति २०७८/०७/१५ गतेले २१ दिन (अर्थात मिति २०७८/०८/०५ गते) भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन (अर्थात मिति २०७८/०८/१२ गते) सम्म । 

फारम भर्न यहाँ क्लिक गर्नुहोस् 

विज्ञापन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 


पाठ्यक्रम डाउनलोड गर्न निम्नानुसार पदहरूमा क्लिक गर्नुहोस्

 Level 4, Cash (Assistant-Cash)

 Level 4, Admin (Assistant) 

 Level 5, Cash (Senior Assistant-Cash)

 Level 5, IT (Senior Assistant-IT)

 Level 5, Law (Senior Assistant-Law)

 Level 5, Admin (Senior Assistant)

 Level 6, Cash (Assistant Manager-Cash)

 Level 6, IT (Assistant Manager-IT)

 Level 6, Law (Assistant Manager-Law)

 Level 6, Admin (Assistant Manager)

 Level 7, Admin (Deputy Manager-Accounts)

 Level 7, Admin (Deputy Manager)

 Level 8, Admin (Manager)

 Level 9, Admin (Senior Manager) 




Post a Comment

0 Comments