Header Ads Widget

6/recent/ticker-posts

राष्ट्र बैंकले गर्ने निरीक्षण तथा सुपरिवेक्षणसँग सम्बन्धित जानकारी

पुर्व चेतावनी सङ्केत (Early Warning Signal) भनेको के हो? 

What is an Early Warning Signal?

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै सूचकांकमा आएको परिवर्तन, प्राप्त भएको महत्वपुर्ण सूचना, सम्बन्धित बैंकको वित्तीय स्थिति, निर्देशन पालनाको अवस्था आदिको विश्लेषण तथा अनुगमनबाट निकट भविष्यमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले संभावित खराब अवस्था सामना गर्नु पर्ने देखिने अवस्था नै पर्व चेतावनी सङ्केत हो । 

An analysis and monitoring of changes in any index related to banks and financial institutions, important information received, financial condition of the bank concerned, compliance with the directives, etc. indicates that the bank or financial institution concerned may face a possible bad situation in the near future.


दबाव परीक्षण (Stress Testing) गर्ने भनेको के हो ? 

What is Stress Testing?

वर्तमानमा भन्दा फरक आर्थिक एबं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाव वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।

The pressure test is the study of the pressure or change in the financial indicators of a bank or financial institution when envisioning a different economic and financial situation than at present. Pressure tests are performed to study the impact of internal and external factors on the capital, liquidity and income of any bank or financial institution.


अनिवार्य नगद मौज्दात अनुपात (CRR) भनेको के हो? 

What is the Compulsory Cash Reserve (CRR)?

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप दायित्वको निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकमा खोलेको खातामा नगदै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तो मौज्दातलाई अनिवार्य नगद मौज्दात भनिन्छ भने अनिवार्य मौज्दातको रुपमा राष्ट्र बैंकमा रहेको खातामा राख्नु पर्ने रकम निर्धारण गर्न तोकिएको निक्षेप दायित्वको निश्चित अनुपातलाई अनिवार्य नगद मौज्दात अनुपात भनिन्छ ।

Provision has been made to deposit a certain percentage of the total deposit liability collected by banks and financial institutions in cash in the account opened in Nepal Rastra Bank. Such a reserve is called a mandatory cash reserve, while a certain proportion of the deposit liability prescribed to determine the amount to be kept in an account with the National Bank as a mandatory reserve is called a mandatory cash reserve ratio.


वासलात बाहिरको कारोबार भनेको के हो ? 

What is an off sheet balance sheet transaction?

बैंक वा वित्तीय संस्थालाई दायित्व सृजना गर्न सक्ने कारोबारहरु जस्तै प्रतीतपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार नै वासलात बाहिरको कारोबार हो र सो शब्दले नेपाल राष्ट्र बैंकले समय समयमा राष्ट्र बैंकले तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ ।

Transactions that can create liability to a bank or financial institution such as letters of credit, securities, acceptance letters, commitments, foreign exchange related swaps, options, advance transactions are out of balance transactions and the term also refers to transactions of instruments specified by NRB from time to time.


जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) भनेको के हो? 

What is Risk Weighted Assets?

बैंक वा वित्तीय संस्थाको वासलात भित्र र वासलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल अंकनै जोखिम भारित सम्पत्ति हो ।

A risk-weighted asset is the total number of points that is calculated by multiplying the amount in each heading of the bank or financial institution inside and outside the balance sheet by the specified risk weight.


क्यामेल्स (CAMELS ) रेटिङ्ग भनेको के हो ? 

What is a CAMELS rating?

स्थलगत निरीक्षणसम्पन्न भएपछि निरीक्षण कार्यको निचोडको रुपमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको पुँजीकोषको पर्याप्तता (C), सम्पत्तिको गुणस्तर (A), व्यवस्थापनको गुणस्तर (M), प्रतिफलको अवस्था (E), तरलताको अवस्था (L) तथा बजार जोखिमको संवेदनशीलता (S) लाई आधार बनाई मूल्यांकन गरिने विधि नै क्यामेल्स रेटिङ्ग हो ।

Based on the adequacy of capital (C), quality of assets (A), quality of management (M), condition of return (E), condition of liquidity (L) and sensitivity to market risk (S) of the concerned bank or financial institution as the conclusion of the on-site inspection. Camels rating is the method of making and evaluating.


प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गर्ने बैंक वा वित्तीय संस्था वा सोका पदाधिकारीलाई के कस्तो कारवाही हुन्छ ? 

What is the action taken against the bank or financial institution or their officials violating the prevailing law and the directives of NRB?

बैंक वा वित्तीय संस्था वा सोका पदाधिकारीले प्रचलित कानून वा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको नियमन, निर्देशन वा परिपत्रको उल्लङ्घन गरेमा कसुरको प्रकृति अनुसार सम्बन्धित ऐन तथा निर्देशनमा उल्लेख भएको कारबाही गरिन्छ । 

If the bank or financial institution or their official violates the prevailing law or regulation, directive or circular issued by Nepal Rastra Bank, action will be taken as per the nature of the offense mentioned in the relevant act and instruction.


के सर्वसाधारणले सुपरिवेक्षण प्रतिवेदन प्राप्त गर्न सक्छन् ? 

Can the public receive supervision reports?

सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख भएको र्सवसाधारणलाई सरोकार हुने महत्वपुर्ण सूचना तथा जानकारीहरु समेटी सम्बन्धित सुपरिवेक्षण विभागले बाषिर्क प्रतिवेदन तयार गरी नेपाल राष्ट्र बैंकको वेव साइटमा र्सवसाधारणको जानकारीको लागि हरेक वर्षप्रकाशित गर्दछ । र्सवसाधारणलाई सुपरिवेक्षण प्रतिवेदन नै भने प्राप्त हुँदैन ।

The Department of Supervision prepares an annual report and publishes it every year on the website of Nepal Rastra Bank for the information of the general public, including the important information and information related to the general public mentioned in the supervision report. The general public does not receive supervision reports.

Post a Comment

0 Comments