Header Ads Widget

6/recent/ticker-posts

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्यहरू

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्यहरू के के हुन ? लेख्नुहोस् ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रस्तावनामा ऐनका उद्देश्यहरू प्रस्ट गरिएको छ, जुन निम्न छन्ः 

– नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नु,

– सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्नु,

– जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नु,

– लोकतन्त्रका लाभहरूको समानुपातिक, समावेशी र न्यायोचित वितरण गर्नु,

– कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु,

– स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्नु,

– स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नु ।

Post a Comment

0 Comments