Header Ads Widget

6/recent/ticker-posts

दोहोरो करमुक्ति सम्झौताका उद्देश्यहरू

दोहोरो करमुक्ति सम्झौताका उद्देश्यहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।


एउटै वर्षमा एउटै आधारमा दुई पक्षबाट कर नलगाउने गरी अन्तर्राष्ट्रिय स्तरमा दुई देशबीच गरिने सम्झौता दोहोरो करमुक्ति सम्झौता हो । नेपालले हालसम्म भारत, पाकिस्तान, कतार, दक्षिण कोरिया, मौरिसस, नर्बे, थाइल्यान्ड, अस्ट्रिया, चीन, श्रीलङ्का र बङ्गलादेश गरी ११ विदेशी राष्ट्रसँग यस्तो सम्झौता गरेको छ । नेपालले गरेको दोहोरो करमुक्ति सम्झौताको उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः–

– दोहोरो कर हटाउनु,

– करको दायरा फराकिलो बनाउनु,

– कर चुहावट रोक्नु,

– कर प्रणालीमा तटस्थता कायम गर्नु,

– करदाताबीच समानता ल्याउनु,

– करदाताको हक हित संरक्षण गर्नु,

– अन्तर्राष्ट्रिय कारोबार बढाउनु,

– विदेशी लगानीलाई प्रोत्साहित गर्नु,

– कर सम्बन्धमा दिने छुट सुविधा स्पष्ट पार्नु र लागू गर्नु,

– देशहरूबीच करसम्बन्धी हुने विवाद समाधान गर्नु ।

Post a Comment

0 Comments