Header Ads Widget

6/recent/ticker-posts

आयात निर्यात व्यापारमा भन्सार प्रशासनको भूमिका

आयात निर्यात व्यापारमा भन्सार प्रशासनको भूमिकाबारे चर्चा गर्नुुहोस् ।


दुई देशको सिमानामा मालवस्तु आयात निर्यात हुँदा लाग्ने महसुल असुली गर्ने निकाय भन्सार प्रशासन हो । भन्सारमा आयात निर्यात हुने मालवस्तु भन्सार लगाउने आधार हुन् भने आयात निर्यातकर्ता यसका करदाता हुन् । भन्सार प्रशासनले परम्परागत रूपमा राजस्व सङ्कलन गर्दै आएकोमा हाल आएर राजस्व सङ्कलन, व्यापार सहजीकरण तथा सीमा व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएको छ । आयात निर्यात व्यापारमा भन्सार प्रशासनको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

– आयात निर्यात व्यापारमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य कर असुली गर्ने,

– छिटोछरितो मालवस्तु जाँचपास गरी व्यापार सहजीकरण गर्ने,

– आयात निर्यात व्यापारमा व्यावसायिक लागत कम गर्न मद्दत गर्ने,

– वैध वस्तुको सहज आपूर्तिमा सहयोग गर्ने,

– अवैध वस्तुको कडा नियन्त्रण गर्ने,

– भन्सारमा हुन सक्ने राजस्व चुहावट रोक्ने,

– लागूऔषध तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने,

– इमानदार यात्रुको आवागमनलाई सहज बनाउने,

– सामाजिक सुरक्षा कायम गर्न सहयोग गर्ने,

– स्वदेशी उद्योगको संरक्षण कार्यमा सहयोग गर्ने,

– सीमा व्यवस्थापनको कार्य गर्ने,

– छिमेकी भन्सार प्रशासनसँग असल सम्बन्ध कायम गर्ने,

– भन्सार ऐन नियम कार्यान्वयन गर्ने गराउने ।

Post a Comment

0 Comments