Header Ads Widget

6/recent/ticker-posts

संवैधानिक परिषद्को गठन विधि

नेपालको संविधानबमोजिम संवैधानिक परिषद्को गठन विधि उल्लेख गर्नुहोस् ।


नेपालको संविधानको धारा २८४ मा नेपालको प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू नियुक्तिको सिफारिस गर्नका लागि संवैधानिक परिषद्को गठन विधिसम्बन्धी व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

(क) प्रधानमन्त्री– अध्यक्ष

(ख) प्रधानन्यायाधीश– सदस्य

(ग) प्रतिनिधि सभाको सभामुख– सदस्य

(घ) राष्ट्रिय सभाको अध्यक्ष– सदस्य

(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता– सदस्य

(च) प्रतिनिधि सभाको उपसभामुख– सदस्य,

– प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने,

– मुख्यसचिवले संवैधानिक परिषदको सचिव भई काम गर्ने,

– पद रिक्त हुनुभन्दा एक महिनाअगावै, मृत्यु वा राजीनामामा रिक्त भएको एक महिनाभित्र सिफारिस गर्ने ।

Post a Comment

0 Comments