Header Ads Widget

6/recent/ticker-posts

भन्सार ऐन, २०६४ बमोजिम जफत गरिएका वस्तुहरू लिलाम गर्ने प्रक्रिया

भन्सार ऐन, २०६४ बमोजिम जफत गरिएका वस्तुहरू लिलाम गर्ने प्रक्रिया उल्लेख गर्नुहोस् ।

भन्सार ऐन, २०६४ बमोजिम जफत गरिएका वस्तुहरू लिलाम गर्ने प्रक्रियालाई उल्लेख गर्न सकिन्छः

> भन्सार अधिकृतको लिखित आदेश लिएर मात्र मालवस्तु लिलाम गर्ने,

> लिलाम गर्ने मालवस्तुको भन्सार अधिकृतले न्यूनतम मूल्य कायम गर्नुपर्ने,

> एक लाख रुपियाँभन्दा बढी न्यूनतम मूल्य भएका सवारीसाधन तथा भारीयन्त्र उपकरण लिलाम बिक्री गर्न एक्काइस दिनको म्याद दिई राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी बोलपत्र आह्वान गर्नुपर्ने,

> सवारीसाधनबाहेक अन्य मालवस्तुको लिलाम बिक्री गर्न १५ दिनको म्याद दिई सम्बन्धित भन्सार कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी सिलबन्दी दरभाउपत्र वा खुला बोलकबोल आह्वान गर्नुपर्ने,

> सुन, चाँदी, हीरा, जवाहरात, अमूल्य खनिज पदार्थ वा यसबाट बनेका गहना तथा अन्य वस्तुहरू नेपाल राष्ट्र बैङ्कले खरिद गर्ने भएमा सो बैङ्कमा दाखिला गर्न पठाई प्रचलित मूल्यबमोजिम लिलाम बिक्री गर्नुपर्ने,

> सड्ने, गल्ने, पुरानो भई मूल्य घट्न जाने, उपभोग्य मिति तीन महिनाभन्दा कम भएका मालवस्तु, गोदाम तथा स्थानको अभावले सुरक्षित राख्न नसकिने अवस्थाका मालवस्तु, जीवजन्तु एवं जनावरको लिलाम भन्सार अधिकृतले भन्सार कार्यालयको सूचना पाटीमा सूचना टाँस गरी त्यस्तो मालवस्तु आफूकहाँ दाखिला भएको दिन वा भोलिपल्ट लिलाम बढाबढमा जे जति अधिकतम मूल्य प्राप्त हुन्छ, सोही मूल्यको लिलाम भन्सार अधिकृतले स्वीकृत गर्न सक्ने

> लिलाम बिक्रीबाट प्राप्त रकम भन्सार कार्यालयले धरौटी खातामा आम्दानी बाँध्नुपर्ने ।



Post a Comment

0 Comments