जिन्सी स्रेस्ता प्रणाली
परिचय
अरबी शब्द जिनिसबाट आएको जिन्सी शब्दले नगद बाहेकका माल, वस्तु वा सामाग्रीलाई जनाउँछ । जिन्सी कार्यालयको सम्पत्ति हो र कार्यसञ्चालनको साधन पनि हो । कार्यालयमा टेबुल, दराज, कम्प्युटर, रजिष्टर आदि सामानहरू जिन्सी सामग्रीका उदाहरण हुन् । नेपाल सरकारको जिन्सी लेखा/स्रेस्ता प्रणाली वि.सं. २०२० सालमा सुरु भएको हो ।
जिन्सी लेखा/स्रेस्ता प्रणाली (ना.सु.२०७१)
जिन्सी माल वस्तुको आम्दानी तथा खर्च के कसरी भयो ? कुन सामान के कस्तो अवस्थामा छ । सो देखाउने लगायत जिन्सी व्यवस्थापनका काम कारवाहीलाई व्यवस्थित गराउन राखिने लेखालाई जिन्सी लेखा भनिन्छ । अर्थात जिन्सी लेखा जिन्सी सामान सम्बन्धी लेखाङ्कन हो । जिन्सी स्रेस्ता प्रणालीलाई जिन्सी लेखा प्रणाली पनि भनिन्छ । नेपाल सरकारको जिन्सी स्रेस्ता प्रणाली २०२० सालमा सुरु भएको हो । यो नयाँ स्रेस्ता प्रणालीको एक अभिन्न भाग पनि हो ।
जिन्सी लेखाको उद्देश्य
• जिन्सीको उपयोगलाई व्यवस्थित गर्ने,
• जिन्सी सामानलाई खोजेको बखत पाउन सहज गराउनु,
• जिन्सीको आपूर्तिलाई सहज बनाउनु,
• जिन्सी नियन्त्रण गर्नु,
• जिन्सी सामानको सुरक्षा गर्नु,
• मितव्ययिता कायम गर्नु ।
• जिन्सी सामानको लिलाम बिक्री, मिन्हा र हस्तान्तरणको लेखा राख्नु,
• जिन्सी आम्दानी खर्च र बाँकीको अवस्थालाई अभिलेख राख्नु,
• व्यवस्थापनलाई आर्थिक निर्णय गर्नका लागि आधार तयार गर्नु,
जिन्सी लेखाको फाइदा तथा महत्व
• जिन्सी सामानको सुरक्षा हुन्छ ।
• खोजेको बखत पाउन सकिन्छ ।
• काम लाग्ने र नलाग्ने जिन्सी सामाग्री छुट्याउन सकिन्छ ।
• जिन्सी सामग्री खर्च नियन्त्रण गर्न सकिन्छ ।
• भविष्यमा आवश्यक पर्ने जिन्सीको अनुमान गर्न सकिन्छ ।
• जिन्सीको आम्दानी खर्च र बाँकीको अवस्था थाहा पाउन सकिन्छ ।
• निर्णयकर्तालाई आधार प्रदान गर्दछ ।
नेपाल सरकारको जिन्सी लेखाको सुरुवात
• नेपालमा २०२० साल अगाडि पुरानै स्रेस्ता प्रणालीबाट स्रेस्ता राख्ने गरिएको,
• २०२० साल माघ १ मा नेपाल सरकारको जिन्सी स्रेस्ताको सुरुवात भएको पाइन्छ,
• म.ले.प.फा.नं.४५ देखि ५७ सम्ममा जम्मा १३ फारामहरू मध्ये म.ले.प.फा.नं.५४ निकासी टिप्पणी खारेज गरी बाँकी १२ फारामहरू प्रयोगमा छन् ।
प्रश्न : जिन्सी सामान उपलब्ध कसरी हुन्छ त ?
उत्तर : निम्न आधारबाट जिन्सी सामग्री उपलब्ध हुन्छ ।
• खरिदबाट प्राप्त हुन्छ,
• हस्तान्तरणबाट प्राप्त (अन्य कार्यालय वा संस्थाबाट प्राप्त हुने),
• आफ्नै उत्पादनबाट/निर्माणबाट
• दातृ निकायबाट वस्तुगत सहायताको रूपमा मालसामान नै प्राप्त गरेमा । आदि स्रोतबाट जिन्सी सामग्री प्राप्त हुन्छ ।
प्रश्न : जिन्सी सामान खर्च कसरी हुन्छ ?
उत्तर :
• आफ्नै कार्यालयको कामकाजमा उपयोग भएमा,
• अन्य कार्यालयलाई हस्तान्तरण गरिदिएमा
• टुटफुट वा हानी–नोक्सानी भै मिन्हा गरिएमा ।
• लिलाम बिक्री गरिएमा
• कसैलाई जिन्सीकै रूपमा उपहार वा सहयोग दिएमा
जिन्सी फारामहरू
जिन्सी फारामलाई यसरी वर्गीकरण गर्न सकिन्छ ।
सुरु अभिलेख फारामहरू
१) खरिद आदेश म.ले.प.फा.नं.४५
२) दाखिला रिपोर्ट म.ले.प.फा.नं.४६
३) हस्तान्तरण फाराम म.ले.प.फा.नं.४८
४) मिन्हा प्रतिवेदन म.ले.प.फा.नं.५०
५) माग फाराम म.ले.प.फा.नं.५१
जिन्सी अभिलेख किताब तथा टिप्पणी कागजात
१) खर्च भएर नजाने खाता म.ले.प.फा.नं.४७
२) खर्च भएर जाने खाता म.ले.प.फा.नं.५२
३) दाखिला टिप्पणी म.ले.प.फा.नं. ५३
४) निकासी टिप्पणी म.ले.प.फा.नं.५४ (२०६२/४/१ बाट लागू हुने गरी खारेज गरिएको)
५) बालगिरी दिने म.ले.प.फा.नं.५५
६) बालगिरी लिने म.ले.प.फा.नं.५६
प्रतिवेदन फारामहरू
१) जिन्सी निरीक्षणको वार्षिक प्रतिवेदन म.ले.प.फा.नं.४९
२) जिन्सी मौज्दातको वार्षिक प्रतिवेदन म.ले.प.फा.नं.५७
जिन्सी भण्डारमा खटिने कर्मचारी (भण्डारे वा भण्डार प्रमुख) का काम कर्तव्यहरू
जिन्सी भण्डारेलाई सजिलो गरी स्टोर किपर भनेर बोलीचालीको भाषामा भन्ने गर्ने गरिन्छ । स्टोर किपरको ज्ञान, विवेक र खुबीमा नै यस कार्यले पूर्णता प्राप्त गर्ने हुँदा स्टोर किपरका केही काम र कर्तव्यहरू पनि निश्चित गरिएको हुन्छ :
१) जिन्सी सामाग्रीको अभिलेख राख्ने,
२) जिन्सी नियन्त्रण गर्ने,
३) प्रतिवेदन गर्ने,
४) लिलाम, मिन्हा सम्बन्धी कारवाही गर्ने,
५) निरीक्षणको व्यवस्था मिलाउने,
६) सामानलाई उचित स्याहार, सम्भार र संरक्षण प्रदान गर्ने ।
७) जिन्सी सामानको आवश्यकता अनुसार उपलब्ध गराउने ।
नेपाल सरकारको जिन्सी स्रेस्ताका कमजोरीहरू
• खप्ने र नखप्ने सामान छुट्टयाउने खास आधार विकास गरिएको छैन ।
• लगत कट्टाको सहज प्रकृया नहुँदा बिग्रे सडेका सामान समेत लगतमा रहँदा असली सामान समेत व्यवस्थित हुन सकेको छैन ।
• दोहोरो प्रभाव नदेखिने (एकोहोरो लेखा प्रणालीमा आधारित छ)
• निकासी भएको सामान खर्च भएको मानिने । फिर्ता दाखिलाको व्यवस्था नभएको ।
• जम्मा जिन्सी सामानको मूल्याङ्कन गर्न नसक्ने । केवल भौतिक परिमाणको रूपमा मात्र राखिने ।
• उत्पादित वस्तुको लागत राख्न प्रर्याप्त नभएको ।
• ठूला र वैदेशिक सहयोगमा सञ्चालित आयोजनाका लागि अपर्याप्त ।
• ह्रास कट्टीको व्यवस्था नभएको ।
• जिन्सी मालसामानलार्इ यथार्थ चित्रण गर्ने गरी राख्ने व्यवस्था हनु सकेको छैन ।
• जिन्सी मालसामानको स्रेस्ता मौद्रिक मूल्यमा राख्ने गरी स्रेस्ता प्रणालीको विकास गर्न सकिएको छैन ।
• जिन्सी मालसामानको यथोचित सुरक्षा प्रदान गरी क्षति हानी–नोक्सानी नपुग्ने गरी प्रयोग र परिचालन गर्ने व्यवस्था सही रूपमा हुन नसकेको ।
• जिन्सी मालसामानको खरिद भइसकेपछि प्रयोग नभए पनि खर्च देखाउने प्रणाली विद्यमान रहेको,
• जिन्सी निरीक्षण झारा टार्ने प्रकृतिको मात्र रही जिन्सी निरीक्षण प्रतिवेदनले दिएका सुझाव समेत कार्यान्वयन हुने नगरेको,
• जिन्सी मालसामान स्रेस्ता प्रणालीलाई आधुनिक सूचना प्रविधिमैत्री गराउन नसकिएको,
• जिन्सी स्रेस्ता राख्ने कर्मचारीलाई यथोचित तालिमको व्यवस्था गर्न नसक्दा र समय–समयमा हुने सरुवा व्यवस्थाले कार्यमा विशिष्टीकरणमा आउन नसकेको ।
प्रश्न : जिन्सी स्रेस्ता प्रणालीमा सुधारका उपायहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर :
• जिन्सी मालसामनको खरिद र निस्कासनको यथार्थ विवरण, काम नलाग्ने, प्रयोगहीन वा मर्मत सम्भार गर्नुपर्ने विवरण समेतको अवस्था देखिने गरी जिन्सी स्रेस्ता तयार गरिनुपर्छ ।
• जिन्सी स्रेस्तालाई दोहोरो लेखा प्रणालीमा आधारित बनाउने ।
• खप्ने र नखप्ने सामान छुट्याउने ठोस र वैज्ञानिक आधार हुनुपर्ने ।
• ह्रास कट्टीको व्यवस्था हुनुपर्ने ।
• जिन्सी स्रेस्तामा सूचना प्रविधिको उपयोगलाई बढावा दिने ।
• जनशक्तिलाई समयवद्ध तालिमको व्यवस्था ।
• जिन्सी स्रेस्ता प्रणालीलाई एकिकृत रूपमा Monetary value मा मापन योग्य बनाउनुपर्ने ।
• जिन्सी मालसामान खरिद भइसकेपछि प्रयोग नभई फर्किदा समेत खर्च मान्ने प्रणालीलाई सुधार गर्नुपर्ने ।
• झन्झटिलो जिन्सी मालसामन खरिद तथा लिलाम प्रणालीलार्इ सुधार गर्नुपर्ने ।
नेपाल सरकारको जिन्सी लेखा सम्बन्धी फारामहरूको नमूना र त्यसको उपयोगको
विवरण
खरिद आदेश
दैनिक रूपमा कार्यालयमा आवश्यक पर्ने मालसामानको खरिद गर्नुपर्दा अधिकार प्राप्त व्यक्तिबाट खरिद स्वीकृति प्राप्त गर्न भरिने फारामलाई नै खरिद आदेश भनिन्छ । सामान्यतया लागत अनुमान, खरिदको योजना, गुरुयोजना, सिलबन्दी दरभाउपत्र, ठेक्का पट्टा जस्ता कानूनी प्रक्रिया पूरा गर्नुपर्ने र सानातिना खर्च गर्ने व्यवस्था अनुरूप कार्यालयमा खडा गरिएको सानो नगदी कोषमार्फत हुने खरिद बाहेक अन्य सामान खरिद गर्नका लागि खरिद आदेशको प्रयोग गरिन्छ । खरिद आदेशका निमित्त म.ले.प.फा.४५ को व्यवस्था गरिएको छ ।
म.ले.प.फा.नं. ४५
नेपाल सरकार
................ मन्त्रालय/विभाग/ कार्यालय /आयोजना
खरिद आदेश
श्री............ खरिद आदेश नं.
ठेगाना...... मितिः
PAN:
देहाय बमोजिमका सामानहरु मिति........भित्र...........कार्यालयमा दाखिला गरी बिल/इन्भ्वाइस प्रस्तुत गर्नु होला ।
क्र.सं. |
बजेट शीर्षक नं |
विवरण |
स्पेसिफिकेसन |
सामानको परिणाम
|
इकाई |
मूल्य
|
कैफियत |
दर |
जम्मा रकम |
१ |
२ |
३ |
४ |
५ |
६ |
७ |
८ |
९ |
फाटवालाको दस्तखात:– शाखा प्रमुखको दस्तखत
मितिः– मिति:–
आर्थिक प्रशासन शाखाले भर्ने:–
माथि उल्लेखित सामानहरु बजेट उपशीर्षक नं...को खर्च शीर्षक नं....बाट भुक्तानी दिन बजेट बाँकी देखिन्छ÷देखिँदैन ।
शाखा प्रमुखको दस्ताखत:–
मिति:–
कार्यालय प्रमुखको दस्तखत:–
मिति:–
|
माथि उल्लेखित सामानहरु मिति ............... भित्र .................कार्यालयमा बुझाउने छु भनी सहीछाप गर्ने ।
फर्मको नामः– दस्ताखत:- मिति:-
खरिद आदेशको आवश्यकता
खरिद गरिने मालवस्तुलाई प्राथमिकताका आधारमा, बजेटको सीमाभित्र रही मितव्ययी र कुशल तरिकाले खर्च गर्नुपर्छ र यसको आदेश दिने व्यक्ति सरकारबाट तोकिएको अधिकार प्राप्त व्यक्ति हुनुपर्छ भन्ने आधारमा खरिद आदेश नामक फारामको व्यवस्था गरिएको छ ।
बुँदागत रूपमा यसको आवश्यकतालाई यसरी उल्लेख गर्न सकिन्छ
क) खरिद कार्यमा नियन्त्रण कायम गर्न,
ख) खरिदकार्यलाई योजनावद्ध बनाउन ।
ग) खरिद कार्यमा प्राथमिकता निर्धारण गर्न ।
घ) खरिद कार्यलाई मितव्ययी बनाउन ।
ङ) खरिद अभिलेख राख्न सहज बनाउन ।
खरिद योजना
तोकिएको समयावधिभित्र तोकिएको परिमाणमा मालसामान खरिद गर्नका लागि तर्जुमा गरिएको योजनालाई नै खरिद योजना भनिन्छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार खरिद योजनामा यी कुराहरू खुलाउनु पर्दछ :–
क) खरिद प्रकारसम्बन्धी विवरण,
ख) खरिदको सम्भावित प्याकेज
ग) खरिद कारवाहीको समयतालिका,
घ) खरिद विधि,
ङ) खरिदको लागि गरिने सम्झौताको किसिम,
च) सार्वजनिक खरिद अनुगमन कार्यालयले वार्षिक खरिद योजनामा समावेश गर्नुपर्ने भनी समय–समयमा निर्धारण गरेको कुराहरू ।
खरिद गुरुयोजना
एक वर्षभन्दा बढी अवधिका लागि खरिद गर्दा वा वार्षिक रु १० करोडभन्दा बढीको खरिद कार्य गर्नुपर्दा खरिद गुरुयोजना बनाउनु पर्दछ ।
सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार खरिद गुरुयोजनामा निम्नानुसारका कुराहरू खुलाउनु पर्छ ।
१. खरिदको प्रकार, परिमाण र मोटामोटी अनुमानित मूल्य,
२. खरिद विधि ।
३. अधिकतम प्रतिस्पर्धाको लागि खरिदलाई टुक्रयाइने वा प्याकेज बनाइने भए सो सम्बन्धी विवरण ।
४. समग्र खरिद कारवाही पूरा गर्नका लागि गरिने सम्झौताहरूको मोटामोटी संख्या र त्यस्तो खरिद कारवाहीसँग सम्बन्धित मुख्य–मुख्य काम,
५. खरिदको लागि पूर्व योग्यताको कारवाही गर्नुपर्ने भए सो सम्बन्धी कुरा,
६. खरिद कारवाहीको मोटामोटी समयतालिका,
७. सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिदको गुरुयोजनामा समावेश गर्नुपर्ने भनी समय–समयमा निर्धारण गरेको कुरा ।
दाखिला प्रतिवेदन फाराम
मन्त्रालय, सचिवालय, कार्यालय, विभाग, योजना परियोजनामा जिन्सी सामानको उपलब्धि विभिन्न तौर तरिकाबाट हुने गर्दछ । खरिद प्रकृयाबाट वा द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम प्राप्त मालसामान तथा अन्य कार्यालय वा निकायबाट हस्तान्तरण हुन आएका जिन्सी मालसामान प्रविष्टि गर्नका लागि दाखिला प्रतिवेदन तयार गरिन्छ । यसरी विभिन्न प्रकृयाबाट प्राप्त भएका मालसामानको दाखिला गर्न म.ले.प.फा.नं.४६ को व्यवस्था गरिएको छ ।
दाखिला प्रतिवेदन फारामको उपयोगिता
जिन्सी मालसामान कार्यालयमा प्राप्त गरिसकेपछि सोको आम्दानीलाई प्रमाणित गर्ने कार्यका लागि यस फारामलाई उपयोग गरिन्छ । यो फाराम तीनप्रति तयार गरी एकप्रति खर्च रकम भुक्तानी गर्दा विनियोजन लेखामा राखिन्छ । बाँकी २ प्रतिमा एक प्रति मालसामान बुझाउने व्यक्ति वा निकायलाई र बाँकी एक प्रति स्टोर शाखामा राख्नुपर्छ । सरकारी मालसामानको सुरक्षा र खर्चमा नियन्त्रण गर्नका लागि यस फारामको प्रयोग गरेको पाइन्छ ।
नेपाल सरकार म.ले.प.फा.नं.४६
................ मन्त्रालय/विभाग/ कार्यालय /आयोजना
दाखिला प्रतिवेदन फाराम
दाखिला प्रतिवेदन नम्बर
क्र.सं |
जिन्सी खा.पा.नं |
जिन्सी वर्गीकरण संकेत नं |
सामानको नाम |
स्पेसिफिकेशन
|
इकाई |
परिमाण |
मूल्य(इन्भ्वाइस अनुसार)
|
कैफियत |
प्रति इकाइ दर |
मू.अ.कर प्रति इकाइ
|
इकाइ मूल्य
|
अन्य खर्च |
जम्मा |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
माथि उल्लेखित सामानहरू खरिद आदेश नम्बर÷हस्तान्तरण फाराम नम्बर..........मिति..........अनुसार श्री ..........बाट प्राप्त हुन आएको हुदा जाँची गन्ती गरी हेर्दा ठीक दुरुस्त भएकाले खातामा आम्दानी बाँधेको प्रमाणित गर्दछु ।
फाटवालाको दस्तखत.......... शाखा प्रमुखको दस्तखत........ कार्यालय प्रमुखको दस्तखत......
नामः नामः नाम:
पदः पद पद
मितिः मितिः मितिः
खप्ने जिन्सी सामानको खाता
सामान्यतया एक वर्षभन्दा बढी खप्ने जिन्सी मालसामानलाई खर्च भई नजाने जिन्सी मालसामान भनिन्छ । यन्त्र औजार, सवारीसाधन, फोटोकपी मेसिन आदि खर्च भई नजाने जिन्सी मालसामान अन्तर्गत पर्दछन् । यस्ता समानहरूको आम्दानी बाँध्न प्रयोग जिन्सी फारामलाई खप्ने जिन्सी सामानको खाता भनिन्छ । यसलाई म.ले.प.फा.नं. ४७ ले जनाइन्छ । यसको नमूना तल दिइएको छ ।
नेपाल सरकार म.ले.प.फा.नं.४७
..............मन्त्रालय/विभाग/कार्यालय/आयोजना
खप्ने जिन्सी सामानको खाता
जिन्सी सामानको नामः
इकाइः
जिन्सी सामानको सम्पत्ति बर्गीकरण संकेत नंः
मिति |
दाखिला नं/निकासी नं |
स्पेसिफिकेशन |
विवरण
|
आम्दानी
|
खर्च |
बाँकी |
उत्पादन गर्ने देश वा कम्पनी |
साइज |
अनुमानित आयु |
सामान प्राप्त भएको स्रोत |
परिमाण |
प्रति इकाई मूल्य |
जम्मा परल मूल्य |
परिमाण |
जम्मा परल मूल्य |
परिमाण |
जम्मा परल मूल्य |
कैफियत |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
फाटवालाको दस्तखत..... शाखा प्रमुखको दस्तखत........ कार्यालय प्रमुखको दस्तखत......
मितिः मितिः मितिः
हस्तान्तरण फाराम
कुनै मन्त्रालय, सचिवालय, विभाग, कार्यालय, योजना परियोजना आदि निकायले उद्देश्य अनुरूपका काम कारवाहीको औचित्य सकिएको, खारेज भएको वा ती निकाय विहीन रहेको अवस्थामा हस्तान्तरण भएको तत् निकायको मातहतमा रहेका जिन्सी मालसामान कानून बमोजिम अन्य निकायको जिम्मा दिनको लागि व्यवस्था भएको फारामनै हस्तान्तरण फाराम हो । यसरी अन्यत्र दिनुपर्ने वा हस्तान्तरण गर्नुपर्ने मालसामानको विवरण उल्लेख गर्न गराउन व्यवस्था गरिएको फाराम नै हस्तान्तरण फाराम हो । यसलाई म.ले.प.फा.नं. ४८ ले चिनिन्छ ।
नेपाल सरकार म.ले.प.फा.नं. ४८
..............मन्त्रालय/विभाग/ कार्यालय/आयोजना
हस्तान्तरण फाराम
श्री......................
निम्नांकित मालसामानहरू मिति...........को निर्णयानुसार.............................. मन्त्रालय÷बिभाग÷कार्यालय÷आयोजनाका .....................श्री....................को हस्ते पठाएको छु । सो सामान भण्डार दाखिला गरी ७ दिन भित्र प्रतिबेदन समेत पठाइदिनुहुन अनुरोध छ ।
सि.नं. |
जिन्सी खाता पाना नं |
जिन्सी वर्गीकरण संकेत नं |
सामानको नाम |
स्पेसिफिकेशन |
परिमाण |
एकाइ |
जम्मा परल मूल्य |
सुरु प्राप्त मिति |
मालको भौतिक अवस्था |
|
|
|
|
|
|
|
|
|
|
माथि लेखिए बमोजिमका मालसामानहरू......... मन्त्रालय/बिभाग/ कार्यालय/आयोजनामा दाखिला गर्ने गरी दुइ प्रति हस्तान्तरण फाराम समेत बुझिलिएँ ।
सामान बुझिलिनेको दस्तखतः
कार्यालयः
मितिः
माथि लेखिए बमोजिमका मालसामानहरू कार्यायलयका श्री .............हस्ते यस कार्यालयमा प्राप्त भएको प्रमाणित गर्दछु ।
प्रमाणित गर्नेः
दस्तखतः
मितिः
माथि लेखिए बमोजिम मालसामान बुझिलिएको ठिक हो भनी प्रमाणित गर्दछु ।
प्रमाणित गर्नेः दस्तखतः
मितिः– .......................
जिन्सी निरीक्षण फाराम
कार्यालयमा प्रयोग भएका मालसामानको यथोचित अवस्थामा प्रयोग र परिचालन गरी हिफाजत गर्न, उचित रूपमा मर्मत सम्भार, लिलाम बिक्री गरी संरक्षण र सदुपयोग गर्न सहयोग पुगोस् भन्ने हेतुले जिन्सी निरीक्षण गर्ने गरिन्छ । जिन्सी निरीक्षण वर्षमा कम्तीमा एकपटक कार्यालय प्रमुख आफै वा आफू मातहतका कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ । जिन्सी निरीक्षण गरी कार्यालयको जिन्सीको यथार्थ अवस्था थाहा नभएमा जिन्सी मालसामानको के कति मालसामान छन्, के कति मालसामान हानी–नोक्सानी भएकोमा हानी नोक्सानी हुन नदिई सुरक्षा, संरक्षण गर्नुपर्ने आवस्थामा छन्, के कति मालसामान मर्मत सम्भार गर्नुभन्दा लिलाम बिक्री गर्नु नै श्रेयस्कर छ भन्ने जस्ता कुराहरु थाहा नहुने हुँदा जिन्सी मालसामानको उचित व्यवस्थापन गर्नमा जिन्सी निरीक्षण कार्यले सहयोग पुग्न जान्छ । जिन्सी निरीक्षणका लागि म.ले.प.फा.नं.४९ को व्यवस्था गरिएको छ ।
म.ले.प.फा.नं.४९
नेपाल सरकार
..............मन्त्रालय/विभाग/ कार्यालय/आयोजना
आर्थिक वर्ष जिन्सी निरीक्षण फाराम
क्र.सं |
खा.पा.नं |
जिन्सी वर्गीकरण संकेत नं |
विवरण |
इकाई |
स्पेसिफिकेशन |
भौतिक परीक्षण गर्दा |
घट वा बढ |
चालु हालतमा रहेको नरहेको |
कैफियत |
परिमाण |
मूल्य |
मिलान भएको संख्या |
मिलान नभएको संख्या |
घट संख्या |
बढ संख्या |
घट/बढको मूल्य |
रहेको |
नरहेको |
|
|
|
|
|
|
|
|
|
|
|
फाटवालाको दस्तखत..... शाखा प्रमुखको दस्तखत........ जिन्सी निरीक्षकको दस्तखत......
मितिः मितिः मितिः
जिन्सी निरीक्षणको महत्व
• जिन्सी सामानको यथार्थ अवस्था थाहा पाउन
• जिन्सी सामानको यथोचित संरक्षण र सदुपयोग गर्न ।
• आम्दानी बाँधिए नबाँधिएको एकिन गर्न
• मर्मत सम्भार गर्नुपर्ने सामानबारे जानकारी लिन ।
• जिन्सी सामानको हानी–नोक्सानी भएमा सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन ।
• मालसामानको खरिद व्यवस्थापनलाई सहज बनाउन,
• लिलाम तथा मिन्हा गर्नुपर्ने सामानको एकिन गरी लिलाम प्रक्रिया अगाडि बढाउन ।
जिन्सी निसर्ग/मिन्हा फाराम
बिग्रेको, नासिएको, च्यातिएको, खियाएको, टुटफुट भएको, दैवी घटना वा भवितव्यद्वारा बिग्रेको, मर्मत सम्भार गर्नुभन्दा नयाँ किन्दा किफायती हुने खालका र हराएका सामानहरूको मिन्हाको कारवाहीका लागि जिन्सी निसर्ग/मिन्हा फाराम फारामको व्यवस्था भएको छ । जिन्सी निसर्ग/मिन्हा फारामलाई म.ले.प.फा.नं. ५० ले जनाइन्छ ।
माग फाराम
मन्त्रालय, विभाग, सचिवालय, योजना तथा परियोजनाको सञ्चालन तथा त्यस्ता निकायहरूको लक्ष्यित उद्देश्य अनुरूपको कामकारवाही सञ्चालन गर्न विभिन्न मालसामानको आवश्यकता पर्न जान्छ । यसरी सरकारी कार्यालयको आवश्यकता अनुरूप खर्च गर्नको लागि सामानको प्रकार र परिमाण लगायतको विवरण खोली अधिकार प्राप्त अधिकारी समक्ष स्वीकृतिको लागि प्रस्तुत गरिने फाराम नै माग फाराम हो । यसलाई म.ले.प.फा.नं. ५१ ले जनाउँछ ।
नेपाल सरकार म.ले.प.फा.नं.५०
..............मन्त्रालय/विभाग/ कार्यालय/आयोजना
माग फाराम
श्री प्रमुख,भण्डार शाखा निकासी नं..... आर्थिक बर्ष.....
क्र.सं |
सामानको नाम |
स्पेसिफिकेशन (आवश्यक पर्नेमा) |
मालसामानको परिमाण |
एकाई |
निकासी सामानको परिमाण |
जिन्सी खाता पाना नं |
कैफितय |
|
|
|
|
|
|
|
|
क)बजारवाट खरिद गरिदिनु
ख)मौज्दातबाट दिनु
माग गर्नेको सही...... आदेश दिनेको सही
मिति ............. मिति .............
जिन्सी खातामा चढाउनेको सही ........ मालसामान बुझ्नेको सही ..........
मिति .................... मिति ..........
खर्च भएर जाने जिन्सी मालसामानको खाता
सामान्यतया एक वर्षसम्ममात्र खप्ने पोशाक, खाद्य पदार्थ, पत्रपत्रिका, सवारी साधनमा प्रयोग गरिने इन्धन आदि जिन्सी मालसामानहरूको आम्दानी तथा अभिलेख राख्ने खातालाई खर्च भएर जाने जिन्सी मालसामानको खाता भनिन्छ । यसलाई म.ले.प.फा.नं. ५२ ले जनाइन्छ ।
नेपाल सरकार म.ले.प.फा.नं.५२
..............मन्त्रालय/विभाग/ कार्यालय/आयोजना
खर्च भएर जाने जिन्सी मालसामानको खाता
जिन्सी सामानको नामः
इकाइः सम्पत्ति बर्गीकरण संकेत नं स्पेसिफिकेशन.
मिति |
दाखिला नं/निकासी नं |
आम्दानी
|
खर्च
|
बाँकी
|
कैफियत |
परिमाण |
दर |
रकम |
परिमाण |
दर |
रकम |
परिमाण |
दर |
रकम |
१ |
२ |
३ |
४ |
५ |
६ |
७ |
८ |
९ |
१० |
११ |
१२ |
|
|
|
|
|
|
|
|
|
|
|
|
फाँटवालाको दस्तखत– शाखा प्रमुखको दस्तखत – कार्यालय प्रमुखको दस्तखत :
मितिः मितिः मितिः
घर जग्गाको लगत किताव
नेपाल सरकारको स्वामित्वमा रहेको घर वा जग्गा वा दुवै सम्पत्तिको अभिलेख राख्नका लागि यो फारामको प्रयोग गरिन्छ । यसमा घर जग्गाको किसिम, प्राप्तिको किसिम तथा स्रोत, जग्गा धनीको नाम तथा प्रमाणपत्र नम्बर, घर जग्गा रहेको स्थान, क्षेत्रफल लगायतका विबरण राखि नेपाल सरकारको वास्तविक सम्पत्ति यकिन गर्नमा यो फारामले सहयोग गर्दछ ।
नेपाल सरकार म.ले.प.फा.नं. ५३
..............मन्त्रालय/विभाग/कार्यालय/आयोजना
घर/जग्गाको लगत किताब
क्र.सं |
जग्गाको किसिम |
प्राप्त हुँदाको |
जग्गाधनीको |
जग्गारहको स्थान
|
कित्ता नं |
क्षेत्रफल |
किसिम |
मिति |
मूल्य |
नाम |
प्रमाणपत्र नम्बर |
घरले चर्चेको |
जग्गाको कूल |
इकाइ |
कैफियत |
|
|
|
|
|
|
|
फाँटवालाको दस्तखत..... शाखा प्रमुखको दस्तखत........ कार्यालय प्रमुखको दस्तखत......
मितिः मितिः मितिः
भाडामा दिएको सम्पत्तिको अभिलेख किताव
नेपाल सरकार र अन्तरगत निकायद्वारा भाडामा सम्पत्ति लगाउँदा यो कितावमा विवरण चढाउनु पर्दछ ।
नेपाल सरकार म.ले.प.फा.नं. ५५
................ मन्त्रालय/बिभाग/कार्यालय/आयोजना
भाडामा दिएको सम्पत्तिको अभिलेख किताव
भाडामा दिएको सम्पत्तिको नामः
मोडल नंः
सम्पत्ति बर्गीकरण संकेत नंः
जिन्सी खाता पाना नंः
क्र.सं |
मिति |
भाडामा लिने व्यक्ति वा कार्यालयको |
संख्या |
भाडामा दिने स्वीकृत आदेश मिति |
भाडा अवधी |
प्रति इकाइ/ अवधी दर |
जम्मा भाडा रकम |
रसिद नं |
फिर्ता प्राप्त मिति |
दाखिला मिति |
कैफियत |
नाम |
ठेगाना |
देखि |
सम्म |
जम्मा इकाइ/अवधी |
इकाई |
अवधी |
|
|
|
|
|
|
|
|
|
|
|
|
फाँटवालाको दस्तखत..... शाखा प्रमुखको दस्तखत........ कार्यालय प्रमुखको दस्तखत......
मितिः मितिः मितिः
भाडामा लिएको मेशिन औजारको अभिलेख किताव
नेपाल सरकार र अन्तरगत निकायद्वारा भाडामा सम्पत्ति लिदा यो कितावमा विवरण चढाउनु पर्दछ ।
नेपाल सरकार म.ले.प.फा.नं. ५६
................ मन्त्रालय÷बिभाग÷कार्यालय÷आयोजना
भाडामा लिएको मेशिन औजारको अभिलेख किताव
भाडामा लिएको मेशिन औजारको नामः
क्र.सं |
मिति |
भाडामा दिने व्यक्ति वा कार्यालयको |
भाडा लिएको
|
भाडा अवधी |
प्रति इकाइ/ अवधी दर |
जम्मा भाडा रकम |
फिर्ता प्राप्त मिति |
कैफियत |
नाम |
ठेगाना |
देखि |
सम्म |
जम्मा इकाइ/अवधी |
संख्या |
स्वीकृत आदेश मिति |
इकाई |
अवधी |
मिति |
आदेश मिति |
|
|
|
|
|
|
|
|
|
|
|
|
फाँटवालाको दस्तखत..... शाखा प्रमुखको दस्तखत........ कार्यालय प्रमुखको दस्तखत......
मितिः मितिः मितिः
जिन्सी मौज्दातको बार्षिक विबरण
सरकारी कार्यालयमा प्राप्त जिन्सी मालसामानहरू एक आर्थिक वर्षभर खरिद, हस्तान्तरण वा अन्य हिसावले प्राप्त भै आएकोमा सो आर्थिक वर्षभरमा खर्च भै बाकी रहन आउने जिन्सी मालसामानहरूको भौतिक अवस्था समेत देखिने गरी तयार पारिने विवरण नै जिन्सी मौज्दातको बार्षिक विवरण हो । यसमा कुन मालसामान कुन अवस्थामा छ । प्रयोगमा छ वा प्रयोग विहिन छ वा मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्छ वा मर्मत पनि हुन नसक्ने अवस्थामा छ सो सवै विवरण यसमा खुलाउनु पर्छ ।
नेपाल सरकार म.ले.प.फा.नं. ५७
................ मन्त्रालय/बिभाग/कार्यालय/आयोजना
क्र.सं |
जिन्सी नं/खाता पान नं |
जिन्सी वर्गीकरण संकेत नं |
जिन्सी सामानको नाम/स्पेसिफिकेशन |
मौज्दात बाँकी
|
जिन्सी सामानको भौतिक अवस्था, परिमाण
|
कैफियत |
परिमाण |
इकाइ |
दर |
जम्मा मूल्य रु. |
प्रयोगमा रहेको |
प्रयोगमा नरहेको |
मर्मत गर्नुपर्ने
|
मर्मत हुन नसक्ने |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
प्रश्न : खर्च भई जाने र खर्च भई नजाने जिन्सी समानबीच कसरी वर्गीकरण गर्न सकिन्छ । उल्लेख गर्नुहोस् ।
उत्तर : सामान्यतया एक वर्षभन्दा बढी खप्ने जिन्सी मालसामानलाई खर्च भई नजाने जिन्सी मालसामान र प्रयोगावधि सामान्यतः एकवर्ष मात्र भएका जिन्सी मालसामानलाई खर्च भई जाने जिन्सी मालसामान भनिन्छ । खर्च हुने जिन्सी मालसामान अन्तर्गत पोशाक, खाद्य पदार्थ, पत्रपत्रिका, सवारी साधनमा प्रयोग गरिने इन्धन आदि पर्दछन् भने यन्त्र औजार, सवारीसाधन, फोटोकपी मेसिन आदि खर्च भई नजाने जिन्सी मालसामान अन्तर्गत पर्दछन् । कार्यालयमा प्रयोग हुने मालसामानको प्रकृति र प्रयोगावधिका आधारमा जिन्सी मालसामानलाई वर्गीकरण गरिन्छ । खप्ने (खर्च भई नजाने) र नखप्ने (खर्च भई जाने) मालसामानबीचका पाँच मुख्य फरक यस प्रकार छन् ।
|
खप्ने मालसामान |
नखप्ने मालसामान |
१. |
खप्ने मालसामानको प्रयोगविधि सामान्यतया एक वर्षभन्दा बढी हुने, |
१.नखप्ने मालसामानको प्रयोग अवधि समान्यतया एक वर्षभन्दा कम हुने । |
२. |
खप्ने मालसामान म.ले.प.फा.नं. ४७ अन्तर्गत आम्दानी बाँधिन्छ |
२. नखप्ने मालसामानको म.ले.प.फा.नं. ५२ अन्तर्गत आम्दानी बाँधिन्छ । |
३. |
स्थायी र टिकाउशील प्रकृतिको हुने । |
३. अस्थायी र कम टिकाउशील हुने । |
४. |
खप्ने मालसामान सामान्यतया बढी मूल्यको हुने । |
४. नखप्ने मालसामानको मूल्य सामान्यत कम हुने । |
५. |
मेसिन, औजार, फर्निचर आदि खप्ने मालसामान अन्तर्गत पर्दछन् । |
५. मेसिन, औजारमा प्रयोग हुने इन्धन खाद्यान्न, लत्ता कपडा, कलम, मसी आदि नखप्ने मालसामान अन्तर्गत पर्दछन् । |
प्रश्न : जिन्सी व्यवस्थापन गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरू के–के हुन् ?
उत्तर :
१. जिन्सी मालसामान कार्यालयलाई आवश्यक भए नभएको, भए पनि के कति परिमाणमा चाहिने हो सो कुराको ख्याल पु¥याउनु पर्छ ।
२. आवश्यक भएको मालसामन कानून बमोजिम खरिद गरिसकेपछि सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउनु पर्छ ।
३. कुन सामान खरिद गर्ने र कुन मौज्दातबाट दिने कुरा ख्याल गर्नुपर्छ ।
४. माग र आवश्यकताको विश्लेषणबिना सामान खरिद गर्नुहुँदैन ।
५. जिन्सी मालसमान खरिद भइसकेपछि ती मालसामानलाई आम्दानी किताबमा जनाउने व्यवस्था मिलाउनु पर्छ ।
६. मालसामान खरिद गर्नुपूर्व खरिद इकाई स्थापना, खरिद जिम्मेवारी तोक्ने र खरिद योजना बनाउनु पर्छ ।
७. कुन जिन्सी सामान सोझै खरिद गर्ने कुन बोलपत्र प्रकाशन गर्ने सो को स्पष्ट भएर मात्र मालसामान खरिद गर्नुपर्छ ।
८. काम लाग्ने, नलाग्ने, मर्मत मिनाहा वा लिलाम गर्नुपर्ने मालसामान सोही अनुसार गर्नुपर्छ ।
९. नियमित जिन्सी निरीक्षण, प्रतिवेदन गर्नु गराउनुपर्छ ।
प्रश्न : जिन्सी निरीक्षण प्रतिवेदनमा के–के कुरा स्पष्ट रूपमा खुलेको हुनुपर्छ ?
उत्तर : कार्यालयमा जिन्सी मालसामान यथोचित तवरले प्रयोग होस् भन्ने उद्देश्यले जिन्सी निरीक्षण गर्ने गरिन्छ । जिन्सी मालसामान हिफाजत गर्ने, खरिद भई आएका मालसामानको मर्मत सम्भार गर्ने, लिलाम बिक्री गर्ने, सुरक्षा, संरक्षण र सदुपयोग गर्न जिन्सी निरीक्षण गर्ने गरिन्छ । जिन्सी निरीक्षण सामान्यतया कार्यालय प्रमुखले वर्षमा कम्तीमा एक पटक आफै वा आफ्ना कर्मचारी लगाई गर्न लगाउनु पर्ने कानूनी व्यवस्था छ र त्यस्तो प्रतिवेदनमा देहायका कुराहरू खुलेको हुनुपर्छ ।
क) जिन्सी किताबमा आम्दानी नबाँधिएका जिन्सी मालसामान भए के–कति र कस्ता अवस्थामा छन् ।
ख) मालसामानको संरक्षण र सम्भार राम्रोसँग भएको छ छैन ?
ग) के–कति जिन्सी मालसामानहरू मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन् ।
घ) के–कति जिन्सी मालसामानहरू बेकम्मा भर्इ लिलाम बिक्री गर्नुपर्ने अवस्थामा छन् ।
ङ) जिन्सी मालसामानको प्रयोग भए नभएको, हानी नोक्सानी भए वा नभएको र हानी–नोक्सानी भएको भए कसको लापरवाहीबाट भएको हो ।
च) एकै किसिमका मालसामानमध्ये गत वर्ष उपयोग भएको परिमाण र चालु आर्थिक वर्षमा खरिद गरिएको तुलनात्मक विवरण र
छ) महालेखा नियन्त्रक कार्यालयले तोकिदिएका अन्य कुराहरू
प्रश्न : जिन्सी व्यवस्थापन भनेको के हो ?
उत्तर : जिन्सी मालसामानको प्राप्तिदेखि सिलसिलावद्ध र सुरक्षित भण्डारण, संरक्षण एवं उचित प्रयोग/परिचालन, मर्मत सम्भार हस्तान्तरण, मिनाहा, लिलाम आदि सम्पूर्ण प्रकृयालाई जिन्सी व्यवस्थापन भनिन्छ । उपयोगिता समाप्त हुने र नहुने दुवै प्रकृतिका मालसामानको प्राप्ति, उपयोग तथा उचित भण्डारण व्यवस्था आदि जिन्सी व्यवस्थापन भित्र पर्दछन् ।
प्रश्न : जिन्सी सामानको उपलब्धि (प्राप्ति) भनेको के हो ?
उत्तर : जिन्सी सामानको उपलब्धिले कार्यालयको लागि आवश्यक सामानको प्राप्ति र पूर्ति गर्ने कार्यलाई जनाउँछ । नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, विभाग, कार्यालय, परियोजनाहरूमा उनीहरूको कार्य प्रकृति आवश्यकता अनुसार के कस्ता मालसामान उपलब्ध हुनुपर्ने हो त्यस्ता मालसामानको आवश्यकता पहिचान गरी प्राप्ति गर्ने व्यवस्था नै वास्तवमा जिन्सी सामानको उपलब्धि हो । कुनै पनि कार्यालयले जिन्सी मालसामानको आवश्यकता पहिचान गरी उपयुक्त स्रोत र माध्यमबाट मितव्ययी, सरल र सहज तरिकाबाट आवश्यकता अनुरूपको जिन्सी सामान यथोचित समयमा प्राप्त गर्ने कार्यलाई जिन्सी सामानको उपलब्धि भनिन्छ । जिन्सी मालसामानको उपलब्धि खास गरी देहायको तरिकाबाट हुने गर्दछ ।
क) खरिद प्रक्रियाबाट
ख) वैदेशिक सहायता सम्बन्धी सम्झौताबाट
ग) हस्तान्तरणबाट
घ) निर्माणबाट
राजस्व स्रेस्ता प्रणाली
कर तथा गैरकर जन्य राजस्व रकम असूल गरी नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला गर्ने, सोको लेखा राख्ने र त्यसको प्रतिवेदन गर्नेसम्मका कार्यहरू गर्न तयार गरिएको प्रणालीलाईनै राजस्व लेखा प्रणाली भनिन्छ ।
राजस्व स्रेस्ता/लेखा कसले तयार गर्ने कर्तव्य
राजस्व लेखा/स्रेस्ता राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयले राख्नुपर्छ । जिल्लास्तरमा आम्दानी भएको राजस्वको एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले, विभाग/मन्त्रालय अन्तर्गत भएको केन्द्रीय विवरण विभाग/मन्त्रालयले र एकीकृत केन्द्रीय विवरण महालेखा नियन्त्रक कार्यालयले तयार गर्दछ ।
राजस्व लेखा/स्रेस्ता प्रणालीमा प्रयोग हुने फारामहरू
राजस्व लेखा निर्देशिका–२०६३ अनुसार राजस्व लेखामा प्रयोग हुने फारामहरू निम्नानुसार छन्ः–
क) आन्तरिक राजस्व कार्यालयमा पठाउने मासिक विवरण अनुसूची–९, यो फाराम. को.ले.नि.का.ले पठाउँछ ।
ख) राजस्व आम्दानी रसिद (म.ले.प.फा.नं.११)
ग) राजस्व आम्दानीको दैनिक नगद प्राप्ति खाता (म.ले.प.फा.नं.१०८ क)
घ) राजस्व आम्दानीको दैनिक बैंक भौचर खाता (म.ले.प.फा.नं.१०८ ख)
ङ) नगद राजस्व आम्दानी बैंक दाखिला विवरण (म.ले.प.फा.नं.१०९)
च) गोश्वारा भौचर (म.ले.प.फा.नं.१० क)
छ) राजस्व आम्दानीको दैनिक गोश्वारा खाता (म.ले.प.फा.नं.१०८)
ज) राजस्व आम्दानी बैंक नगदी किताब (म.ले.प.फा.नं.२३)
भ). राजस्व सम्बन्धी मासिक प्रतिवेदन (म.ले.प.फा.नं.९)
ञ) राजस्वको बैंक हिसाब मिलान फाराम (म.ले.प.फा.नं.१५ क)
ट) राजस्वको वार्षिक आर्थिक विवरण (म.ले.प.फा.नं.१९३)
ठ) राजस्वको बैंक हिसाब विवरण (अनुसूची–११.५) आदि नै प्रमुख फारामहरू हुन् ।
नयाँ राजस्व लेखा प्रणाली
नेपाल सरकारले महालेखा नियन्त्रक कार्यालयमार्फत २०६३/०६४ देखि दोहोरो लेखा प्रणालीमा आधारित राजस्व स्रेस्ता प्रणाली सुरु गरेको छ । जस अनुसार राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयमा Non-Operative Bank Account (रकम जम्मा मात्र हुने खर्च नहुने) खाता खोलिन्छ । यो खाता खोलिदिने कार्य कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिन्छ ।
ती खाताहरू सरकारी कारोबार गर्न इजाजत प्राप्त बैंकहरुमा रहन्छन् । यस्तो राजस्व आम्दानीको लेखाको मासिक तथा वार्षिक प्रतिवेदन को.ले.नि.का. र तालुक कार्यालयमा दिनुपर्छ । यस्तो कारोबारको वार्षिक एकीकृत विवरण प्रत्येक मन्त्रालय/विभागबाट प्राप्त विवरणको आधारमा म.ले.नि.का.ले तयार गर्दछ ।
राजस्व आर्जन गर्ने कार्यालयको कर्तव्य
• राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयले को.ले.नि.का.को स्वीकृतिमा बैंक खाता खोल्नुपर्छ ।
• राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नगद लिर्इ वा सिधै बैंकमा जम्मा गर्न लगाई त्यसको आम्दानी जनाउनु पर्छ । रकम आम्दानी गर्दा गोश्वारा भौचर, बैंक नगदी किताब, रकम आम्दानीको दैनिक किताबमा अभिलेख राख्नुपर्छ ।
• समय–समयमा हिसाब–किताब भिडान गर्ने, गल्ती सच्याउन लगाउने र समायोजन गर्ने गराउनुपर्छ ।
• राजस्व आम्दानीको मासिक प्रतिवेदन–
प्रत्येक राजस्व आर्जन गर्ने कार्यालयले को.ले.नि.का र तालुक कार्यालयमा राजस्वको मासिक प्रतिवेदन पठाउनु पर्दछ ।
राजस्वको वार्षिक आर्थिक विवरण
राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयले आर्थिक वर्ष समाप्त भए पश्चात सो अवधिमा भएको राजस्व आर्जनको वार्षिक विवरण को.ले.नि.का,म.ले.नि.का. र तालुक कार्यालयमा पठाउनु पर्छ ।
लेखापरीक्षण र बेरुजु फछ्र्यौट
प्रत्येक आर्थिक वर्षका राजस्व स्रेस्ताहरू को.ले.नि.काबाट आन्तरिक लेखापरीक्षण र महालेखा परीक्षक कार्यालयबाट अन्तिम लेखापरीक्षण गराउनुपर्छ । लेखापरीक्षणबाट उठेका बेरुजुहरू प्रमाण जुटाई प्रष्ट्याउने कार्य समेत सम्बन्धित कार्यालयले नै गर्नुपर्छ ।
राजस्व स्रेस्ता प्रणालीमा रहेका समस्याहरू
• अझै पनि सबै कार्यालयहरू कम्प्युटिकृत हुन नसकेको ।
• राजस्व आर्जन गर्ने कार्यालयहरूबीचमा समन्वय हुन नसकेको ।
• राजस्व शीर्षकका सम्बन्धमा करदातामा स्पष्टता हुन नसकेको । (गलत शीर्षकमा राजस्व जम्मा हुने सम्भावना)
• रिपोर्टिङ समयमा नहुने ।
• हिसाब भिडानको समस्या (बैंकको रेकर्ड र कार्यालयको रेकर्डमा सदैव फरक रहने गरेको) ।
• राजस्व लेखांकन गर्ने दक्ष जनशक्तिको कमी रहेको अवस्था छ ।
सुझाव
• राजस्व लेखा प्रणाली कम्प्युटिकृत गर्नु पर्दछ ।
• कर तथा गैरकर राजस्व संकलन गर्न सबै जिल्लामा राजस्व कार्यालयको रूपमा कार्यालय स्थापना गरिनुपर्छ ।
• बैंक तथा केन्द्रीय कार्यालयको हिसाब अनलाइनबाटै हेर्न तथा Verify गर्न सकिने बनाउनु पर्छ ।
• जनशक्तिलाई तालिम (कार्यालय प्रमुख तथा आर्थिक प्रशासन शाखा प्रमुखका लागि) दिनुपर्दछ ।
• राजस्व कोड/शीर्षकलाई सरलीकृत गरी सूची सानो बनाउनुपर्छ ।
यस्ता विविध सुधार गर्न सकिएमा राजस्व लेखा प्रणालीलाई सुधार गर्न सकिन्छ ।
नयाँ राजस्व तथा वर्गीकरण
• सरकारी आम्दानी, खर्च र लगानीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउने उद्देश्यले IMF को सरकारी वित्तीय तथ्यांङ्कसँग मेल खाने गरी यो आर्थिक संकेत तथा वर्गीकरण तयार गरिएको हो ।
• यस वर्गीकरण अनुसार–१०,००० देखि १९,९९९ सम्म राजस्व तथा अनुदान शीर्षकमा वर्गीकरण गरिएको छ ।
• यस वर्गीकरण अनुसार अन्तमा ३ वटा शून्य भएको शीर्षकलाई आधार शीर्षक, २ वटा शून्य भएको शीर्षकलाई मूल शीर्षक १ वटा शून्य भएकोलाई शीर्षक र बाँकी अन्य राजस्व शीर्षकलाई उप–शीर्षक भनिएको छ ।
• राजस्व उप–शीर्षकमा मात्र राजस्व जम्मा गर्न मिल्छ, अन्यमा मिल्दैन ।
धरौटी स्रेस्ता प्रणाली
धरौटी परिचय
कुनै काम गर्नका लागि कार्यालयमा नगद जमानत राखिएको रकमलाई धरौटी भनिन्छ । सरकारी ठेक्कामा सहभागी हुन वा कर निर्धारण पूर्व अग्रीम बुझाउन वा अदालतको आदेश बमोजिम नगद जमानत स्वरूप धरौटी लिने गरिन्छ ।
धरौटी स्रेस्ता
धरौटी आम्दानी गर्ने, धरौटी खर्च गर्ने, त्यसको वार्षिक विवरण तयार पार्ने लगायतका कार्यसँग सम्बन्धित धरौटी भौचर, खाता, प्रतिवेदन, फारामहरू आदि कागजातलाई धरौटी स्रेस्ता भनिन्छ ।
प्रश्न : कस्तो–कस्तो अवस्थामा धरौटी जम्मा गर्न सकिने व्यवस्था छ ?
उत्तर : आर्थिक कार्यविधि नियमावली २०६४ अनुसार निम्न अवस्थामा धरौटी रकम जम्मा गर्न सकिने व्यवस्था छ ।
क) नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व अग्रिम रूपमा बुझाउन,
ख) नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व कति बुझाउनु पर्ने हो भन्ने निर्णय नहुँदै त्यस्तो राजस्व रकम अग्रिम रूपमा बुझाउन,
ग) बोलपत्र वा लिलाममा भाग लिनको लागि कार्यालयले तोकेको रकम दाखिला गर्न,
घ) कुनै काम गर्नु अगावै कुनै रकम अग्रिम धरौटी राख्नुपर्ने भनी सर्त भएमा त्यस्तो सर्त पूरा गर्न ।
ङ) नेपाल सरकार वा अदालत वा कुनै कार्यालयले मागेको धरौटी जमानत बुझाउन ।
च) अन्य कुनै कारणबाट धरौटी राख्नुपर्ने भए त्यस्तो रकम बुझाउन ।
धरौटी खाता
धरौटी रहने प्रत्येक कार्यालयले महालेखा नियन्त्रक कार्यालय वा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकेको बैंकमा खाता खोली धरौटी राख्नुपर्छ । यसलाई नै धरौटी खाता भनिन्छ । खातामा रकम जम्मा गर्नुपूर्व सम्बन्धित व्यक्ति वा संस्थाले २ प्रति भौचर भरी खातामा जम्मा गर्नुपर्छ र सोको १ प्रति कार्यालयमा पेश गरी आम्दानी जनाउनुपर्छ । यस्तो धरौटी खाताको सञ्चालन कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुने व्यवस्था छ ।
सदर स्याहा
प्रचलित कानून बमोजिम धरौटीमा राखिएको रकम राजस्वमा जम्मा गर्नुपर्ने भएमा वा धरौटी फिर्ता लिनुपर्ने व्यक्तिले कानूनले तोकेको समयभित्र धरौटी फिर्ता लिन नआएमा त्यस्तो रकम राजस्वमा जम्मा गर्ने प्रकृयालाई सदर स्याहा भनिन्छ । यस्तो धरौटी रकम राजस्वमा जम्मा गर्ने म्याद तोकिएको भएमा सोही म्यादभित्र र नतोकिएको भएमा राजस्वमा दाखिला गर्ने दायित्व सिर्जना भएको १५ दिनभित्र दाखिला गरिसक्नु पर्नेछ ।
धरौटी रकम जफत हुने अवस्थाहरू
आर्थिक कार्यविधि ऐन २०६४ अनुसार देहायको अवस्थामा धरौटी रकम जफत हुन सक्ने व्यवस्था गरिएको छ ।
क) जुन कामका लागि धरौटी राखिएको थियो सो कार्य पूरा नगरेमा,
ख) धरौटी रकम फिर्ता पाउने व्यक्तिबाट असूल गर्नुपर्ने कुनै सरकारी बाँकी रकम भएमा ।
ग) धरौटी फिर्ता लिइसक्नुपर्ने म्याद समाप्त भएमा उक्त रकम जफत गरी राजस्वमा जम्मा गरिदिनु पर्दछ ।
धरौटीको कारोबारको लेखा
१) प्रत्येक कार्यालयले (क) गोस्वरा धरौटी खाता (ख) व्यक्तिगत धरौटी खाता राख्नुपर्छ ।
२) धरौटी खाताको अलग्गै बैंक नगदी किताब राख्नुपर्छ ।
३) प्रत्येक वर्षको अन्तमा फिर्ता गर्न बाँकी धरौटीको जिम्मेवारी सार्नुपर्छ ।
४) प्रत्येक कार्यालयले आफ्नो नाउँमा रहेको धरौटी खाताको मास्केवारी
• महिना भुक्तानी भएको ७ दिनभित्र
• वर्ष भुक्तानी भएपछि वार्षिक आर्थिक विवरण ३५ दिनभित्र तयार गरी कोष तथा लेखा नियन्त्रक कार्यालय, तालुक कार्यालयमा पठाउनु पर्छ । वार्षिक आर्थिक विवरण भने म.ले.नि.का. र म.ले.प.कार्यालयममा समेत पठाउनु पर्छ ।
धरौटी कारोबारको लेखापरीक्षण
आन्तरिक लेखापरीक्षण कोष तथा लेखानियन्त्रक कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गर्ने गरिन्छ ।
धरौटी स्रेस्तामा प्रयोग हुने कागजात तथा फारामहरू
धरौटी स्रेस्तामा निम्न फारामहरू प्रयोगमा आउँछन् ।
क) गोश्वारा भौचर (म.ले.प.फा.नं.१०)
ख) गोश्वारा धरौटी खाता (म.ले.प.फा.नं.११०)
ग) व्यक्तिगत धरौटी खाता (म.ले.प.फा.नं.१७०)
घ) सहायक खाता (म.ले.प.फा.नं.२२)
ङ) धरौटीको मास्केवारी (म.ले.प.फा.नं.१९)
च) बैंक हिसाबको विवरण (म.ले.प.फा.नं.१५)
छ) धरौटीको वार्षिक आर्थिक विवरण (म.ले.प.फा.नं.१९४)
धरौटी स्रेस्ता/लेखा राख्दा ध्यान दिनुपर्ने कुराहरू
क) धरौटीको आम्दानी, फिर्ता लेखेको प्रक्रिया पुगेको छ या छैन ?
ख) गलत Posting ले गलत व्यक्तिको नाममा जम्मा भएको पो छ कि ?
ग) सदर स्याहाको निर्णय भएको रकम तुरुन्त बैंक दाखिला भएको छ छैन ?
घ) नियमानुसार फिर्ता, सदर स्याहा गर्नुपरेमा रकम म्यादभित्र भएको छ छैन ?
ङ) आर्थिक वर्षको अन्त्यमा जिम्मेवारी सार्ने क्रममा फरक पर्छ कि ?
च) आम्दानी, खर्च, बाँकी र बैंक स्टेटमेन्ट भिडेको छ छैन ?
छ) व्यक्तिगत र गोश्वारा धरौटी खाताको जोडजम्मा भिडेको छ छैन ?
ज) धरौटी फिर्ता गर्दा म्याद पुगेको वा आधार तयार भएको वा फिर्ता गर्नुपर्ने निर्णय भएको छ छैन ?
झ) फिर्ता पाउनुपर्ने व्यक्तिलेनै फिर्ता माग गरेको भन्ने वस्तुनिष्ठ आधार नभई फिर्ता गर्नुहुँदैन ।
यी आदि नै धरौटी कारोबारमा ध्यान दिनुपर्ने मुख्य–मुख्य कुराहरू हुन् ।
1 Comments
हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏
ReplyDelete