Header Ads Widget

6/recent/ticker-posts

समावेशीकरण प्रवर्द्धन गर्ने उपायहरू

समावेशीकरण प्रवर्द्धन गर्ने उपायहरू उल्लेख गर्नुहोस् ।

समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिता हो । राजनीति, प्रशासन, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सरोकारवालाको सहभागिता बढाई राज्यप्रति सबैको अपनत्व बढाउनुपर्छ । यसकोप्रवर्द्धन गर्न निम्न उपाय अवलम्बन गर्नुपर्छः

> राजनीतिक दलले समावेशीकरणको मान्यताअनुसार पार्टी र सरकारमा लक्षित वर्गको सहभागिता गराउने,

> नेपालको संविधानमा उल्लेख गरिएका प्रावधानको पूर्णपालना गर्ने गराउने,

> उचित मापदण्ड तयार गरेर आरक्षणलाई व्यवस्थित गर्ने, आर्थिक अवस्था, भौगोलिक अवस्था, शारीरिक अवस्थाजस्ता सूचकका आधारमा आरक्षण लागू गर्ने, राज्य प्रणालीका हरेक क्षेत्रमा अवलम्बन गर्ने,

> लक्षित वर्गको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने,

> पर्याप्त रकमको व्यवस्था गरी सशक्तीकरणका कार्यक्रमलाई थपव्यवस्थित बनाउने,

> समावेशीकरण गराउने तरिका जस्तैः समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, लक्षित कार्यक्रम, सशक्तीकरण आदिमध्ये कुन–कुनलाई कसरी अवलम्बन गर्ने भन्ने प्रस्ट भई कार्ययोजना बनाई लागू गर्ने,

> मानव विकास र गरिबी निवारणको क्षेत्रमा लगानी गर्ने,

> जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

Post a Comment

0 Comments