साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ। लेखापरीक्षण ऐन, २०४८ अनुसार – कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ। लेखा भन्नाले काराेबार भएको व्यहाेरा देखिनेे गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र साे काराेबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई सम्झनु पर्छ र लेखा प्रणाली भन्नाले काराेबारकाे पहिचान, मापन, विश्लेषण, वर्गीकरण, अभिलेखांकनदेखि प्रतिवेदनसम्मका सम्पूर्ण कार्यकाे समष्टिलाई बुझिन्छ ।
लेखा प्रणाली संस्थाको व्यापारिक कारोवारको सुचना राक्ने, अभिलेख राख्ने, अभिलेख प्रसोधन गर्ने तथा आर्थिक प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जनकारी दिने पद्धति हो । संगठनमा भएगरेका सम्पूर्ण आर्थिक काराेबारहरू सुव्यवस्थित तथा बैज्ञानिक ढङ्गले अभिलेख राख्ने र साेकाे आधारमा आवश्यक सूचना प्रवाहित गर्ने कार्यलाई लेखा प्रणाली हाे । आर्थिक कारोबारको लेखाङ्कन गर्ने, अभिलेख राख्ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित लेखा प्रणाली एउटा सूचना प्रणाली हो जसले आर्थिक कारोबारको पहिचान, अभिलेखांकन, मापन, वर्गीकरण, पुस्ट्याइँ तथा संक्षेपीकरण गर्दछ । आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा आर्थिक कारोबारहरूको संकलन र वर्गीकरण गरी गोस्वारा भौचर, नगदी किताब, बही खाता तयार गरी संस्थाको वित्तीय विवरणहरू तयार गर्नेसम्मको कार्यलाई समग्रमा लेखा प्रणालीका रूपमा चिनिन्छ ।
लेखा प्रणालीकाे उद्देश्य:
१) आर्थिक काराेबारकाे व्यवस्थित तरिकाले लेखा राख्नु,
२) आर्थिक कारोबारको पूर्ण अभिलेख गर्नु,
३) कुनै निश्चित समयावधिकाे व्यवसायकाे नाफा-नोक्सान काे स्थिति पत्ता लगाउनु,
४) आर्थिक अवस्थाको चित्रण गर्नु
५) समस्या समाधान र सहि निर्णय गर्नमा मद्दत गर्नु,
६) आर्थिक सूचना उपलब्ध गराउनु
७) व्यवसायकाे विगत र वर्तमानकाे वित्तीय स्थिति तुलना गर्न मद्दत गर्नु,
८) आर्थिक सूचनाहरू उपलब्ध गराउनु,
९) व्यापार खाता, नाफा-नाेक्सान र वासलात तयार गर्न मद्दत गर्नु,
१०) आर्थिक अभिलेखकाे वर्गीकरण एवम् व्याख्या गर्नु ।
लेखा प्रणालीका सिद्धान्तहरू:
लेखाका आधारभूत सर्वमान्य सिद्धान्त (Generally Accepted Accounting Principles) का अनुसार लेखा प्रणालीका सिद्धान्तहरू निम्नानुसार रहेका छन्।
१) व्यावसायिक अस्तित्वको सिद्धान्त(Principle of Business Entity)
२) मौद्रिक मापनको सिद्धान्त(Principle of Money Measurement)
३) निरन्तरताकाे सिद्धान्त(Principle of Going Concern)
४) लागतको सिद्धान्त(Principle of Cost)
५) स्थिरताकाे सिद्धान्त(Principle of Consistance)
६) एकरूपताको सिद्धान्त(Principle of Uniformity)
७) दाेहाेरा मापन सिद्धान्त(Principle of Dual effect)
८) आय प्रापति सिद्धान्त(Principle of Revenue)
९) प्राेदभावी लेखाकाे सिद्धान्त(Principle of Accural Accounting)
१०) भिडान सिद्धान्त(Principle of Matching)
लेखा प्रकिया (Accounting process):
अन्तिम खाता (अन्तिम खाता अन्तर्गत व्यापार हिसाब खाता, नाफा-नाेक्सान हिसाब खाता र वासलात पर्दछन्) हरूबाट प्राप्त निष्कर्षहरूलाई व्यवसायकाे वित्तीय स्थितिकाे जानकारी प्रदान गर्ने उद्देश्यले सम्बन्धित पक्षसम्म पुर्याइन्छ । लेखाका यस प्रकारका चरणवद्व कार्यहरूलाई नै लेखा प्रकिया वा लेखा चक्र भनिन्छ । ती लेखा प्रकियाहरू निम्नानुसार रहेका छन् :-
१) काराेबार (Transaction)
२) अभिलेख (Recording)
३) वर्गीकरण (Classification)
४) संक्षेपीकरण (Summarization)
५) व्याख्या (Interpretation)
६) सम्प्रेषण (Communication)
लेखा प्रणालीका वर्गीकरण (Classification of accounting system):
लेखा प्रणालीलाई एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ । ती यस प्रकारका रहेका छन् :-
१) एकाेहाेराे लेखा प्रणाली
व्यवसायमा भएको आर्थिक काराेबारहरूलाई दाेहाेराे पक्ष (डेविट र क्रेडिट) मा असर नदेखिने गरि, लेखा सम्बन्धि सिद्धान्तकाे प्रयाेग नगरी आंशिक वा पूर्ण रूपमा छुट्याएर पूर्णरूपमा लेखा राखिने प्रणालीलाई एकाेहाेराे लेखा प्रणाली भनिन्छ । यस्ताे प्रकारकाे लेखा प्रणालीले काराेबारकाे एकपक्ष असर मात्र समेटेको हुन्छ ।
२) दाेहाेराे लेखा प्रणाली
निश्चित नियम र सिद्धान्त अनुसार व्यवसायका सम्पूर्ण वित्तीय काराेबारहरूकाे डेबिट र क्रेडिट दुईपक्षीय प्रभाव देखिने गरि अभिलेख राखिने प्रणालीलाई दाेहाेराे लेखा प्रणाली भनिन्छ । दाेहाेराे लेखा प्रणाली व्यवस्थित, वैज्ञानिक एवं पूर्ण लेखा प्रणाली हाे ।
दाेहाेराे लेखा प्रणालीका विशेषताहरू
१) द्विपक्षीय प्रभाव,
२) समान प्रभाव,
३) विपरीत प्रभाव,
४) पूर्ण प्रभाव,
५) वैज्ञानिक प्रभाव,
६) सर्वाधिक प्रभाव,
७) अंकगणितीय शुद्धताकाे जाँच ।
नेपालका लेखा प्रणालीका कमजोरीहरू:
१) नगदमा आधारित हुनु,
२) आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको,
३) समयमा केन्द्रीय लेखा तयार नहुने,
४) ह्रासकट्टीको व्यवस्था नभएको,
५) सम्पत्ति र दायित्वको यथार्थ स्थिति मूल्यांकन गर्न नसकिएको,
६) पेस्कीलाई खर्च मान्ने पद्धति रहेको,
७) लेखाका परम्परागत ढाँचामा आधारित फारामहरू,
८) पद्धतिमा आधारित हुन नसकेको,
९) जिन्सी लेखांकनमा स्पष्टता नभएको आदि ।
सुधारका लागि सुझाबहरू:
१) सरकारी लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मानदण्डबमोजिम तादात्म्य मिल्ने गरी परिमार्जन गर्ने,
२) लेखा प्रणाली बजेटको उद्देश्य पूरा गर्ने हुनुपर्ने,
३) नगद आधारको लेखांकनबाट प्रोद्भावी लेखांकन प्रणालीमा परिणत गर्नुपर्ने,
४) लेखाका फारामहरूलाई परिमार्जन र सरलीकरण गर्नुपर्ने,
५) लेखा प्रणाली सरकारी आम्दानी, खर्च, सम्पत्ति र दायित्वको पूर्ण कारोबारको पूर्ण लेखांकनमा सक्षम हुनुपर्ने,
६) लेखा प्रणालीले सर्वमान्य लेखाका सिद्धान्त अवलम्बनमा जोड दिनुपर्ने,
७) समयमै वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा सघाउ पुर्याउनुपर्ने,
८) आन्तरिक नियन्त्रण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने,
९) स्पष्ट लेखा नीतिहरू तर्जुमा गरी लागू गर्ने ।
अन्त्यमा,
कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिएको हिसाब तथा सो कारोबारलाई पुष्टि गर्ने कागजात लेखा हो । लेखा राख्ने पद्धतिलाई लेखा प्रणालीका रूपमा चिनिन्छ । नेपालको वर्तमान स्रेस्ता प्रणालीमा देखिएका समस्यालाई सुधार गर्दै अगाडि बढ्न सकेमा सरकारी कार्यालयलाई छु्ट्याएको बजेटको सदुपयोग भई समग्र मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।
संकलक :- सवहर्वस के. सी. ( विनाेद)
0 Comments